Jul 27 2026 | २०८३, श्रावण ११ गते

एल.आर.आई. विद्यालयको ३८औँ वार्षिकोत्सव विविध शैक्षिक तथा साँस्कृतिक कार्यक्रमसहित सम्पन्न

एल.आर.आई. विद्यालयको ३८औँ वार्षिकोत्सव विविध शैक्षिक तथा साँस्कृतिक कार्यक्रमसहित सम्पन्न

  • 291
    SHARES

  • एल.आर.आई. विद्यालयको  ३८औँ वार्षिकोत्सव विविध शैक्षिक तथा साँस्कृतिक कार्यक्रमसहित सम्पन्न

    काठमाडौं । नेपालकै प्रतिष्ठित शैक्षिकसंस्था एल.आर.आई. विद्यालयले स्थापनाको ३८ औं वार्षिकोत्सब तथा स्थापना दिवस भब्यरुपमा मनाएको छ। कलंकिस्थित एल.आर.आइ. विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यशरेखा पन्तको सभापतित्व तथा काठमाडौँ विश्वविद्यालयका उपकुलपती प्रा. डा. अच्युत प्रसाद वाग्लेको प्रमुख आतिथ्यमा भब्य समारोहविच विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमसहित स्थापना दिवस भब्य रूपमा मनाएको हो। 

    IMG-20260224-WA0015.jpg

    शिक्षा क्षेत्रमा गुणस्तरीयता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै अघि बढिरहेको विद्यालयले यस अवसरमा देशका विभिन्न भागमा रहेर शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट शिक्षाविद्हरूलाई जनही नगद रु. २५ हजारसहित सम्मान तथा पुरस्कृत गरेको छ।

    FB_IMG_1771944106836.jpg

    यस वर्ष सम्मानित हुने शिक्षाविद्हरूमा काभ्रेका उदिम पन्त, कैलालीका पदम सिंह कुँवर, कैलालीकै प्रेमनिधि ओझा, ललितपुरका भोलनाथ ओझा, काठमाडौंका अनुमोदन के.सी. तथा कास्की (पोखरा)का किरण सापकोटा रहेका छन्। उहाँहरूले आ–आफ्नो क्षेत्रमा शिक्षा विकास, विद्यालय व्यवस्थापन, शिक्षक तालिम तथा विद्यार्थीको समग्र विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप विद्यालयले सम्मान अर्पण गरेको हो। विद्यालयका प्रमुख सुचना अधिकृत दिपक राज जोशिका अनुसार यस्ता सम्मान कार्यक्रमले शिक्षामा समर्पित व्यक्तित्वहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने बताउनुभयो।

    IMG-20260224-WA0008.jpg

    उक्त समारोहमा गत वर्षको राष्ट्रिय परिक्षा बोर्ड (NEB) कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी सन्जोग कार्कीलाई नगद रु. १ लाखसहित प्रमाणपत्र प्रदान गरिएको थियो। द्वितीय हुने विद्यार्थी आर्सिका खतिवडा रु. ५० हजार तथा तृतीय हुने विद्यार्थी संस्कृति केसिलाई रु. २५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। साथै एसईई २०८१ मा जिपिए ४ ल्याउने ९ जना विद्यार्थीहरुलाई संयुक्त रुपमा नगद रु.एक लाख सहित प्रमाणपत्र तथा पदकद्वारा पुरस्कृत गरिएको थियो।

    FB_IMG_1771945205143.jpg

    विद्यालयले गोकर्णेश्वर नगरपालिका–९ मा अवस्थित ग्रीन तारा चाइल्ड हेभेन स्कुललाई अपाङ्गता भएका विद्यार्थीहरूको पठनपाठनमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि “यसोधरा पन्त शिक्षा सम्मान” प्रदान गरेको छ। उक्त सम्मानको राशि रु. ३ लाख रहेको छ।

    IMG-20260224-WA0011.jpg

    विशेष आवश्यकता भएका बालबालिकालाई शिक्षाको मूलधारमा समेट्ने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमहरूको उच्च मूल्याङ्कन गर्दै एल.आर.आई. विद्यालयले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको प्रमुख गुठियार डा. यशोधरा पन्तले बताउनुभयो ।

    FB_IMG_1771944111517.jpg

    उक्त समारोहमा खेलकुद क्षेत्रमा उत्कृष्ट कार्य गर्ने डाइमन्ड स्पोर्ट्स एकेडेमीका सञ्चालक कुमार राईलाई नगद रु. २५ हजारसहित “लोकेन्द्र बहादुर चन्द पुरस्कार” प्रदान गरिएको छ। खेलकुदमार्फत अनुशासन, स्वास्थ्य र नेतृत्व विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो। त्यसैगरी, पत्रकारिता क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउने वरिष्ठ पत्रकार ईश्वर ढकाल तथा शैक्षिक प्रकाशन र पठन–संस्कृति विकासमा योगदान पुर्‍याउने कलेज रिडर्सका संस्थापक जितेन्द्र घिमिरेलाई पनि सोही पुरस्कारबाट सम्मान गरिएको छ।

    IMG-20260224-WA0018.jpg

    विद्यालयले आन्तरिक रूपमा उत्कृष्ट कार्य गर्ने आफ्ना शिक्षक तथा कर्मचारीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ। विद्यालयतर्फबाट उत्कृष्ट शिक्षक सुरेन्द्र सिंह ठगुन्ना र विनोद कुमार यादव, उत्कृष्ट कर्मचारी कल्पना लामा र अमरबहादुर श्रेष्ठलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

    FB_IMG_1771944134198.jpg

    त्यसैगरी, खेलकुदतर्फबाट जग्गुनाथ खड्का र अनुप श्रेष्ठलाई सम्मान गरिएको थियो। साथै, लामो समयदेखि सेवा पुर्‍याएबापत ज्ञानबहादुर पराजुली र विमला के.सी.लाई नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

    IMG-20260224-WA0013.jpg

    यस्तो सम्मानले संस्थाभित्र कार्यरत जनशक्तिको मनोबल उच्च राख्न तथा कार्यप्रति समर्पण भावना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, शैक्षिक सत्रभर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ, जसले विद्यार्थीहरूलाई थप मेहनत र अनुशासनका साथ अध्ययनमा अग्रसर हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

    FB_IMG_1771944147030.jpg

    कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका उपकुलपति अच्युत प्रसाद वाग्ले रहनुभएको थियो। उहाँले आफ्नो मन्तव्यमा गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा नैतिक मूल्यमान्यतासहितको शिक्षाको आवश्यकता औँल्याउँदै विद्यालयको पहलको प्रशंसा गर्नुभयो। उहाँले शिक्षा केवल ज्ञान आर्जनको माध्यम मात्र नभई राष्ट्र निर्माणको आधारशिला भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई सिर्जनशील, उत्तरदायी र प्रतिस्पर्धी नागरिक बन्न प्रेरित गर्नुभयो।

    FB_IMG_1771944114999.jpg

    समग्रमा, ३८औँ वार्षिकोत्सवले एल.आर.आई. विद्यालयको शैक्षिक उत्कृष्टता, सामाजिक प्रतिबद्धता र समावेशी दृष्टिकोणलाई पुनः एकपटक उजागर गरेको छ। विद्यालय परिवारले यस्ता कार्यक्रममार्फत शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै समाजमा उदाहरणीय अभ्यास स्थापना गर्ने विश्वास व्यक्त गरेको छ

    FB_IMG_1771944349595.jpgFB_IMG_1771944359248.jpgFB_IMG_1771944166929.jpgFB_IMG_1771944119489.jpgFB_IMG_1771944136882.jpgIMG-20260224-WA0004.jpg

    images
    मंगलवार, फाल्गुण १२ २०८२०८:२४:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार