Jul 27 2026 | २०८३, श्रावण ११ गते

नागार्जुन नगरस्तरीय एसईई क्विज प्रतियोगिता सफलतापूर्वक सम्पन्न

नागार्जुन नगरस्तरीय एसईई क्विज प्रतियोगिता सफलतापूर्वक सम्पन्न

  • 753
    SHARES

  • नागार्जुन नगरस्तरीय एसईई क्विज प्रतियोगिता सफलतापूर्वक सम्पन्न

    काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) नागार्जुन नगर समितिको आयोजनामा नागार्जुन नगरस्तरीय एसईई क्विज प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। शुक्रबार नागार्जुन–२ सानोभर्‍याङस्थित निक एकेडेमीमा आयोजित प्रतियोगितामा नगरभित्रका १८ वटा विद्यालयको उत्साहजनक सहभागिता रहेको थियो।

    IMG-20260227-WA0013.jpg

    प्याब्सन नागार्जुनका अध्यक्ष वासुदेव घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नागार्जुन नगरपालिका शिक्षाशाखा प्रमुख कृष्णबहादुर कुँवर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा उपाध्यक्ष डीबी ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव प्रकाशमान शाहीले गर्नुभएको थियो।

    IMG-20260227-WA0087~2.jpg

    प्रतियोगितामा सितापाईलास्थित ज्योति एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी नागार्जुन भ्याली एकेडेमी द्वितीय, द एक्सेल पब्लिक स्कुल तृतीय स्थान हासिल गरे। त्यसैगरी चेतना सदन स्कुल चौथो, एलेन मेमोरियल पाँचौँ तथा पिपल्स फ्रेण्डसिप स्कुल छैटौँ स्थानमा रहेका छन्।

    IMG-20260227-WA0035~2.jpgIMG-20260227-WA0083.jpg

    उक्त प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालयहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। भने सहभागी सबै विद्यालयलाई सहभागिता प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।

    IMG-20260227-WA0081.jpgIMG-20260227-WA0038.jpg

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्णबहादुर कुँवरले एसईई लक्षित यस्ता प्रतियोगिताले विद्यार्थीको ज्ञान, विश्लेषण क्षमता तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। एसईईसँग सम्बन्धित यस्ता क्विज प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास वृद्धि गर्नुका साथै विषयगत ज्ञान र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रमुख कुवरको भनाई छ। उहाँले संस्थागत विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्नुपर्नेमा जोड दिनुभयो।

    IMG-20260227-WA0019.jpg

    प्याब्सन नागार्जुन नगरपालिकाका अध्यक्ष तथा कार्यक्रमका सभापति वासुदेव घिमिरेले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले नगरस्तरीय क्विज प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

    IMG-20260227-WA0016.jpg

    उक्त कार्यक्रम नागार्जुन प्याब्सनका सचीव प्रकाशमान शाहीले सञ्चालन गर्नुभयो । कार्यक्रममा निक एकेडेमीका प्रिन्सिपल सुगन्धराज रेग्मी, ज्योति एकेडेमीका प्रिन्सिपल गोविन्द पगेनी, नागार्जुन प्याब्सनका कोषाध्यक्ष हिरालाल खनाल, नागार्जुन भ्याली एकेडेमीका प्रिन्सिपल उद्धव हुमागाईलगायत शिक्षासम्बद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    IMG-20260227-WA0043.jpgIMG-20260227-WA0025~2.jpgIMG-20260227-WA0007~2.jpg

    images
    शनिवार, फाल्गुण १६ २०८२१०:०८:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार