Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्नातक तहको मौका परीक्षा तालिका संशोधन गर्न विद्यार्थीहरूको माग

स्नातक तहको मौका परीक्षा तालिका संशोधन गर्न विद्यार्थीहरूको माग

  • 740
    SHARES

  • स्नातक तहको मौका परीक्षा तालिका संशोधन गर्न विद्यार्थीहरूको माग

    काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, बल्खुले प्रकाशित गरेको स्नातक तह (३ वर्षे) को विशेष मौका परीक्षाको तालिका संशोधन गर्न विद्यार्थीहरूले माग गरेका छन्।

    विद्यार्थीहरूले परीक्षा नियन्त्रकलाई निवेदन दिँदै हाल प्रकाशित परीक्षा तालिकाले विशेष र संवेदनशील परिस्थितिका कारण परीक्षार्थीहरूलाई अन्योल र मर्कामा पारेको भन्दै तालिका संशोधन गर्न माग गरेका हुन्। उनीहरूका अनुसार मौका परीक्षामा सहभागी हुने करिब ६० देखि ७० प्रतिशत विद्यार्थीहरू सरकारी सेवा, सुरक्षा निकाय, शिक्षण पेशा तथा विभिन्न संघसंस्थामा आवद्ध रहेका छन्।

    हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को तयारी, मतदान प्रक्रिया तथा त्यसपछिको व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न हुनुपरेकाले धेरै विद्यार्थीले नियमित अध्ययन र परीक्षाको तयारीका लागि पर्याप्त समय निकाल्न नसकेको उनीहरूको भनाइ छ। राष्ट्रसेवक कर्मचारी र जिम्मेवार नागरिकका रूपमा निर्वाचनमा खटिनुपर्दा पुस्तक र शैक्षिक सामग्रीबाट टाढा रहनुपरेको उनीहरूले उल्लेख गरेका छन्।

    विद्यार्थीहरूले विश्वविद्यालयले विद्यार्थीलाई अवसर प्रदान गर्ने उद्देश्यले मौका परीक्षा सञ्चालन गर्न लागेकोप्रति आभार व्यक्त गर्दै, यदि मुख्य लक्षित वर्ग नै राष्ट्रिय जिम्मेवारीका कारण तयारी गर्न नसक्ने अवस्थामा पुग्यो भने कार्यक्रमको मूल उद्देश्य कमजोर हुने बताएका छन्।

    त्यसैले हाल प्रकाशित परीक्षा तालिका संशोधन गरी कम्तीमा ३५ देखि ४० दिनको समय अन्तराल राखेर पुनः परीक्षा सञ्चालन हुने गरी अर्को सूचना प्रकाशित गर्न विद्यार्थीहरूले आग्रह गरेका छन्। यस्तो निर्णयले हजारौं कामकाजी विद्यार्थीहरूको शैक्षिक भविष्यमा न्याय पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्।

    यस्तो छ मागपत्र ।

    FB_IMG_1773319876623.jpg

    images
    बिहिवार, फाल्गुण २८ २०८२०७:५२:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार