Jul 27 2026 | २०८३, श्रावण ११ गते

जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलका २३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलका २३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

  • 400
    SHARES

  • जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलका २३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

    काठमाडौं । जापानमा नेपाली पाठ्यक्रमअनुसार सञ्चालन हुँदै आएको एभरेष्ट इन्टरनेशनल स्कुलका विद्यार्थीहरू यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने भएका छन्। विद्यालयको छैटौँ ब्याचका विद्यार्थीहरूले सन् २०२६ को एसईई परीक्षा दिन लागेका हुन्।

    विद्यालय प्रशासनका अनुसार यस वर्ष ९ जना छात्र र १४ जना छात्रा गरी कुल २३ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। विद्यालयले सन् २०२१ देखि निरन्तर रूपमा विद्यार्थीलाई एसईई परीक्षामा सहभागी गराउँदै आएको जनाएको छ।

    विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद भट्टका अनुसार प्रवासमा बसेर पनि नेपाली पाठ्यक्रमअनुसार अध्ययन–अध्यापन सञ्चालन गर्नु र विद्यार्थीलाई एसईईसम्म पुर्‍याउन पाउनु विद्यालयका लागि महत्वपूर्ण उपलब्धि हो। उनले नेपाली भाषा, संस्कृति र पहिचानलाई जोगाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ विद्यालय अघि बढिरहेको बताए।

    प्रवासमा रहेका नेपाली समुदायका बालबालिकालाई नेपाली शिक्षा प्रणालीसँग जोड्ने उद्देश्यले विद्यालयले शैक्षिक उपलब्धिसँगै अनुशासन, नैतिक शिक्षा र संस्कारलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ।

    images
    शनिवार, फाल्गुण ३० २०८२०७:५७:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार