Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षकलाई ‘भाटा हान्नुपर्छ’ भन्ने माननीयको अभिव्यक्तिको चौतर्फी आलोचना

शिक्षकलाई ‘भाटा हान्नुपर्छ’ भन्ने माननीयको अभिव्यक्तिको चौतर्फी आलोचना

  • 304
    SHARES

  • शिक्षकलाई ‘भाटा हान्नुपर्छ’ भन्ने माननीयको अभिव्यक्तिको चौतर्फी आलोचना

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खगेन्द्र सुनारले शिक्षकहरूविरुद्ध दिएको एउटा अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ। शिक्षकहरूको अपमान हुने गरी बोलेको भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि माननीय सुनारको चौतर्फी आलोचना भएको हो।

    नवनिर्वाचित सांसदको यस्तो अभिव्यक्तिलाई लिएर नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ। नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले बिज्ञपति मार्फत आपत्ति जनाएका छन्।

    ‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट निर्वाचित एकजना माननीय सांसदबाट शिक्षक र शिक्षण पेसाप्रति अभिव्यक्त अमर्यादित शब्द र आशयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।

    FB_IMG_1773378874378~2.jpg

    महासंघले सुनारको नाम उल्लेख नगरी पदीय गरिमालाई बिर्सेर गरिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ। साथै महासंघले उक्त अभिव्यक्तिप्रति क्षमा माग्न र आइन्दा यस्ता विचार व्यक्त नगर्न सम्बन्धित व्यक्तिलाई सचेत गराएको छ। ‘नेपाली शिक्षक-कर्मचारी पेसागत मर्यादा र स्वभिमानविपरीतका कुनै पनि अभिव्यक्ति र व्यवहार महासंघलाई ग्राह्य हुन सक्दैन’, महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    यसैगरी नेपाल शिक्षक संघले पनि सांसद सुनारको अभिव्यक्तिको कडा निन्दा गरेको छ। संघका महासचिव ज्ञानेन्द्रबहाुदर रावलले विज्ञप्ति जारी गरी सांसद सुनारबाट शिक्षक र समग्र शिक्षा क्षेत्रको अपमान हुने गरी दिएको अभिव्यक्तिले नेपाल शिक्षक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। ‘मुलुक निर्माणका लागि आवश्यक कानुन निर्माणको स्थानमा पुगेको जिम्मेवार व्यक्तिबाट यस्ता पदिय जिम्मेवारी र आचरणविरुद्धका अभिव्यक्ति आउनु अत्यन्त दुखद र खेदजनक छ’, विज्ञप्तिमा उल्लेख छ। उक्त अभिव्यक्तिप्रति रोषपूर्ण खेद व्यक्त गर्दै तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिइ माफी माग्न र अब आइन्दा यस्तो अभिव्यक्तिहरु व्यक्त नगर्न सचेत गराउन संघले सांसद सुनारलाई आग्रह गरेको छ।

    FB_IMG_1773453836941.jpg

    त्यसैगरी नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिले शिक्षकजस्तो सम्मानित पेसालाई लक्षित गरी गरिएका यस्ता असंयमित र असंवेदनशील अभिव्यक्तिले समाजमा शिक्षण पेसाको गरिमामाथि पनि अनावश्यक प्रश्न खडा गर्ने कार्य गर्ने स्पष्ट पारेको छ। संगठनका अध्यक्ष हंसबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा शिक्षक समुदायको मर्यादा र सम्मानमाथि आघात पुग्ने कुनै पनि अभिव्यक्ति, व्यवहार वा दृष्टिकोण कसैलाई पनि कदापि स्वीकार्य हुन नसक्ने उल्लेख छ।

    FB_IMG_1773393350584~2.jpg

    संगठनले सार्वजनिक पदमा आसीन व्यक्तिले आफ्नो पदको गरिमा, उत्तरदायित्व र सामाजिक मर्यादालाई आत्मसात् गरी बोल्न आग्रह गर्दै ‘सम्बन्धित व्यक्तिलाई आफ्नो उक्त अभिव्यक्तिप्रति सार्वजनिक रूपमा आत्मसमीक्षा गर्दै क्षमायाचना गर्न सुझाव दिएको छ्म साथै शिक्षक समुदायको मर्यादा र सम्मानमाथि आघात पुग्ने कुनै पनि अभिव्यक्ति, व्यवहार वा दृष्टिकोण कसैलाई पनि कदापि स्वीकार्य हुन नसक्ने संगठनको ठहर छ।

    भिडियोमा सुनारले शिक्षकलाई उत्तानो पारेर पैतालामा भाटा हान्नुपर्ने अभिव्यक्ति दिएका छन्। उनले भिडियोमा भनेका छन्, ‘त्यो मास्टरले हिजो हामीलाई पढाउने बेलामा जसरी कन्सिरीको रौँ तानेर टाउको ट्वाक्क डस्टरले हान्थ्यो नि, त्यसलाई उत्तानो पारेर त्यसको पैतालामा भाटा हान्नुपर्छ।’

    सुनारले शिक्षकलाई पढाइ नपुगेको र आफू पनि शिक्षा संकायको विद्यार्थी तथा शिक्षक भएको बताएका छन्। उनले भनेका छन्, ‘त्यो मास्टरलाई पढाइ नपुगेको हो। मैले पनि शिक्षा संकाय पढेको हुँ। पढाउने कसरी हो र शिक्षण विधि के हो भन्ने कुरा म पनि टिचर हुनुको नाताले मलाई पनि थाहा छ। त्यसैले गर्दा जसरी हामीलाई डस्टरले टाउकाँ ट्वाक्क हान्थ्यो, त्यसलाई पनि ठाडो खुट्टा पारेर भाटा हान्न तयार हुनुपर्छ।’

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार