Jul 27 2026 | २०८३, श्रावण ११ गते

नव सुन्ताखान एकेडेमीमा शैक्षिक प्रदर्शनी सम्पन्न

नव सुन्ताखान एकेडेमीमा शैक्षिक प्रदर्शनी सम्पन्न

  • 584
    SHARES

  • नव सुन्ताखान एकेडेमीमा शैक्षिक प्रदर्शनी सम्पन्न

    काठमाडौं। नव सुन्ताखान एकेडेमीले आयोजना गरेको ‘NSA–STEAM, NOVA–2082’ शैक्षिक प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका–३, बालुवामा रहेको विद्यालयले विद्यार्थीहरूको सिर्जनशीलता, प्रयोगात्मक सिकाइ तथा प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालयले उक्त प्रदर्शनी आयोजना गरेको हो।

    IMG-20260314-WA0000.jpg

    प्रदर्शनीमा कुल ४१ वटा स्टल राखिएको थियो, जसमा करिब २०० जना विद्यार्थी सहभागी भएका विद्यालयका प्रिन्सिपल सुदर्शन थापाले जानकारी दिनुभयो। उहाँका अनुसार २१औँ शताब्दीको प्रतिस्पर्धात्मक वातावरणमा सक्षम र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विद्यालयले विभिन्न नवप्रवर्तनात्मक शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    FB_IMG_1773541731777.jpg

    प्रदर्शनीमा STEAM (Science, Technology, Engineering, Arts and Mathematics) शिक्षाअन्तर्गत २८ वटा तथा डिजि–स्कुल कार्यक्रम अन्तर्गत १३ वटा स्टल प्रस्तुत गरिएको थियो। विद्यालयले शैक्षिक सत्र २०८२ बाट STEAM शिक्षा सुरु गरेको र अघिल्लो शैक्षिक सत्रदेखि ‘डिजि–स्कुल’ कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ।

    FB_IMG_1773587094293.jpg

    कार्यक्रममा विद्यार्थीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसँग सम्बन्धित विभिन्न परियोजना, अनुसन्धान तथा प्रयोगहरू प्रस्तुत गरेका थिए। ती प्रस्तुतिहरूले विद्यार्थीहरूको नवप्रवर्तनशील सोच, सिर्जनात्मक क्षमता तथा व्यवहारिक सिकाइलाई उजागर गरेको थियो।

    FB_IMG_1773587119669.jpg

    प्रदर्शनी अवलोकन गर्न आएका अभिभावकहरूले आफ्ना नानीबाबुहरूले विज्ञान तथा प्रविधिमा गरेका विभिन्न सिर्जनात्मक कामहरू नजिकबाट देख्न पाउँदा अत्यन्त खुसी लागेको बताए। उनीहरूले यस्तो कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास र सिर्जनशीलता बढाउनुका साथै व्यवहारिक शिक्षामा थप प्रेरणा दिएको धारणा व्यक्त गरेका छन्।

    विद्यालय परिसरमा आयोजित प्रदर्शनीको सयौँ विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूले अवलोकन गरेका थिए। विद्यालयका अनुसार अभिभावक तथा दर्शकहरूको उल्लेखनीय सहभागिता र सकारात्मक प्रतिक्रियाले कार्यक्रम अझ उत्साहपूर्ण र सफल बनेको थियो।

    FB_IMG_1773541783153.jpg

    विद्यालयले यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूलाई प्रयोगात्मक तथा प्रविधिमैत्री शिक्षासँग जोड्दै भविष्यका लागि सक्षम र सृजनशील नागरिक तयार पार्ने लक्ष्य राखेको जनाएको

    FB_IMG_1773541748574.jpg

    images
    आइतवार, चैत्र १ २०८२०८:४२:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार