Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्वीकृतिविना सञ्चालन हुने विदेशी कार्यक्रमलाई समकक्षता नदिने त्रिविको निर्णय ।

स्वीकृतिविना सञ्चालन हुने विदेशी कार्यक्रमलाई समकक्षता नदिने त्रिविको निर्णय ।

  • 364
    SHARES

  • स्वीकृतिविना सञ्चालन हुने विदेशी कार्यक्रमलाई समकक्षता नदिने त्रिविको निर्णय ।

    काठमाडौं, चैत ९ — त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले स्वीकृतिविना सञ्चालन भइरहेका विदेशी कार्यक्रमलाई समकक्षता नदिनेनिर्णय गरेको छ।

    केन्द्रले प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार, नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बाट अनुमति लिए पनि त्रि.वि.बाट पाठ्यक्रम स्वीकृत नगरी कक्षा सञ्चालन गर्ने कलेजहरूको उपाधिलाई समकक्षता प्रदान नगरिने स्पष्ट गरिएको छ।

    पछिल्लो समय केही कलेजहरूले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर कार्यक्रम सञ्चालन गर्दै आए पनि आवश्यक शैक्षिक प्रक्रिया पूरा नगरेको पाइएको भन्दै केन्द्रले यस्तो कदम चालेको जनाएको छ। यस निर्णयले विद्यार्थीहरूको शैक्षिक भविष्यमा असर पार्न सक्ने भएकाले सम्बन्धित कलेजहरूलाई समयमै सचेत हुन आग्रह गरिएको छ।

    पाठ्यक्रम विकास केन्द्रले हाल सञ्चालनमा रहेका कार्यक्रमहरूको नविकरण गर्न तथा नयाँ कार्यक्रम सुरु गर्नुअघि अनिवार्य रूपमा केन्द्रबाट स्वीकृति लिनुपर्ने व्यवस्था पुनः स्मरण गराएको छ।

    त्रि.वि.को यो कदमलाई उच्च शिक्षा क्षेत्रमा गुणस्तर, विश्वसनीयता र नियमनलाई थप प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण मानिएको छ।

    FB_IMG_1774241155886~2.jpg

    images
    सोमवार, चैत्र ९ २०८२१०:४३:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार