Nov 20 2026 | २०८३, मंसिर ५ गते

शिक्षण संस्थाबाट दलीय विद्यार्थी सङ्गठन हटाउने सरकारको निर्णय

शिक्षण संस्थाबाट दलीय विद्यार्थी सङ्गठन हटाउने सरकारको निर्णय

  • 315
    SHARES

  • शिक्षण संस्थाबाट दलीय विद्यार्थी सङ्गठन हटाउने सरकारको निर्णय

    काठमाडौँ । नेपाल सरकारले शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट पूर्ण रूपमा मुक्त राख्न विद्यालय र विश्वविद्यालयका हाताभित्र रहेका दलीय विद्यार्थी सङ्गठनका संरचनाहरू हटाउने निर्णय गरेको छ।

    शुक्रवार बसेको मन्त्री परिषद्को बैठकले 'शासकीय सुधारको १०० बुँदे कार्यसूची' मार्फत शैक्षिक संस्थामा हुने राजनीतिक हस्तक्षेप अन्त्य गरी विद्यार्थीको वास्तविक आवाजलाई स्थान दिने उद्देश्यका साथ यस्तो निर्ण गरेको हो।

    यसैगरी आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका आन्तरिक परीक्षाहरू बन्द गरी वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गर्ने जस्ता रणनीतिक योजना अघि सारेको छ।

    साथै विश्वविद्यालयका परीक्षाहरूको नतिजा मन्त्रालयले तोकेको क्यालेन्डरअनुसार समयमै सार्वजनिक गर्ने र शिक्षा क्षेत्रको समग्र सुधारका लागि सरकारले स्नातक तहसम्मको अध्ययनमा नागरिकताको अनिवार्यता हटाउने समेत निर्णय गरेको छ।

    Screenshot_2026-03-29-07-13-52-99_a23b203fd3aafc6dcb84e438dda678b6~2.jpg

    images
    आइतवार, चैत्र १५ २०८२०७:१५:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार