Oct 03 2026 | २०८३, आश्विन १७ गते

कक्षा ५ सम्म आन्तरिक परीक्षा नलिने, बालमैत्री मूल्याङ्कन प्रणाली लागू गर्ने सरकारको निर्णय

कक्षा ५ सम्म आन्तरिक परीक्षा नलिने, बालमैत्री मूल्याङ्कन प्रणाली लागू गर्ने सरकारको निर्णय

  • 397
    SHARES

  • कक्षा ५ सम्म आन्तरिक परीक्षा नलिने, बालमैत्री मूल्याङ्कन प्रणाली लागू गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले कक्षा ५ सम्म अध्ययनरत बालबालिकाका लागि आन्तरिक परीक्षा लिने प्रचलन आगामी शैक्षिक सत्रदेखि हटाउने निर्णय गरेको छ। बालबालिकामा अनावश्यक मानसिक दबाब र मनोवैज्ञानिक असर कम गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ।

    नेपाल सरकारको शनिबार बसेको बैठकले 'शासकीय सुधारको १०० बुँदे कार्यसूची' अनुसार अब साना कक्षाका विद्यार्थीहरूको मूल्याङ्कन पारम्परिक परीक्षा प्रणालीबाट नभई बालमैत्री, व्यवहारिक र निरन्तर मूल्याङ्कन विधिबाट गरिनेछ। यसले विद्यार्थीको सिकाइ प्रक्रिया सहज, रमाइलो र तनावमुक्त बनाउने अपेक्षा गरिएको छ।

    मन्त्रालयले विद्यालयहरूलाई नयाँ मूल्याङ्कन प्रणाली लागू गर्न आवश्यक कार्यविधि र निर्देशिका चाँडै उपलब्ध गराउने जनाएको छ। शिक्षकहरूलाई पनि विद्यार्थीको समग्र विकास—जस्तै व्यवहार, सिर्जनात्मकता र सहभागिताका आधारमा मूल्याङ्कन गर्ने गरी तयारी गर्न आग्रह गरिएको छ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार