शनिवार, आषाढ २६ २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण दर तिब्र रुपमा फैलिरहेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले भाइरस हावामा फैलिरहेकोले सजग रहन समेत आग्रह गरेको छ। उनले मानिस र वातावरणको त्रि’कोण संक्रमण हुन मुख्य भूमिका खेल्ने बताए।
पौडेलले भने ‘हावामा कोभिड १९ भाइरस फैलिरहेको भन्ने पुष्टि भइसकेको छ। हामी बस्ने कोठमा, झ्याल हावा खेल्ने हुनुपर्छ,’ डा. पौडेलले भने, ‘ हाम्रो व्यवहारबाट संक्रमण सर्ने हुन्छ। जनस्वास्थ्यको मापदण्ड प्रयोग गर्न नछोडौं।’ यस अघि नुवाकोटको त्रीसुलीमा कोभिड को नयाँ डेल्टा भेरियन्ट देखिएको थियो।
यो भाइरस रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा धेरै संक्रमण हुनसक्छ। र ‘दी’र्धरो’गका मानिसलाई कोभिड भाइरसले अत्यन्तै धेरै असर गर्छ।
नयाँ प्र’जातिको भेरियन्ट आएमा खोपले पनि काम नगर्ने हुन्छ। त्यसकारण, जनस्वास्थ्यको मापदण्ड अनिवार्य रूपले पालना गर्नु सुझाव समेत दिए । यो संगै कोभ्यास चीन लगाएत अन्य देशहरुबाट खोप आउने क्रम जारी रहेकाले उमेर समूह अनुसार कोभिड विरुद्धको खोप दिने उनले जनाकारी दिए।