Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय तथा उच्च- शिक्षाको भर्ना प्रवेश परीक्षाका ब्रिज कोर्स बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

विद्यालय तथा उच्च- शिक्षाको भर्ना प्रवेश परीक्षाका ब्रिज कोर्स बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

  • 690
    SHARES

  • विद्यालय तथा उच्च- शिक्षाको भर्ना प्रवेश परीक्षाका ब्रिज कोर्स बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

    काठमाडौं, चैत्र १३, २०८२ — शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षाको भर्ना प्रक्रियालाई लक्षित गरी सञ्चालन हुँदै आएका ब्रिज कोर्स तथा प्रवेश परीक्षा तयारी कक्षाहरू अब बन्द गर्ने भएका छ। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत यस्ता कार्यक्रमहरू २०८३ साल वैशाख १ गतेदेखि पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको हो।

    मन्त्रालयका अनुसार पछिल्लो समय विभिन्न संस्थाहरूले भर्ना प्रक्रिया सुरु हुनुअघि इन्ट्रान्स प्रिपरेसन तथा ब्रिज कोर्स सञ्चालन गर्दै आएका थिए। यस्ता कार्यक्रमले विद्यार्थीबीच असमान प्रतिस्पर्धा सिर्जना गर्नुका साथै अभिभावकमा अनावश्यक आर्थिक भार थप्ने र विद्यार्थीको मनोवैज्ञानिक अवस्थामा नकारात्मक असर पार्ने देखिएको निष्कर्ष निकालिएको छ।

    निर्णयअनुसार अब कुनै पनि शैक्षिक संस्था वा प्रशिक्षण केन्द्रले भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा वा ब्रिज कोर्स सञ्चालन गर्न पाउने छैनन्। मन्त्रालयले यससम्बन्धी निर्देशन देशभर लागू गर्न सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ।

    साथै, यस्ता कार्यक्रम सञ्चालन भए–नभएको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई जिम्मेवारी दिइएको छ। प्रतिबन्ध उल्लङ्घन गरी कार्यक्रम सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

    सरकारको यो निर्णयले शिक्षा क्षेत्रमा समान अवसर सुनिश्चित गर्न, अनावश्यक खर्च नियन्त्रण गर्न तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    FB_IMG_1774791647387~2.jpg

    images
    आइतवार, चैत्र १५ २०८२०७:३२:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार