Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यार्थी संगठन खारेज गर्ने निर्णयलाई स्वागत, मध्यपश्चिम विश्वविद्यालयमा राप्रवि विद्यार्थी संगठन विघटन

विद्यार्थी संगठन खारेज गर्ने निर्णयलाई स्वागत, मध्यपश्चिम विश्वविद्यालयमा राप्रवि विद्यार्थी संगठन विघटन

  • 238
    SHARES

  • विद्यार्थी संगठन खारेज गर्ने निर्णयलाई स्वागत, मध्यपश्चिम विश्वविद्यालयमा राप्रवि विद्यार्थी संगठन विघटन

    काठमाडौं, चैत्र १६— प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेसँगै त्यसको प्रभाव देखिन थालेको छ। उक्त निर्णयप्रति समर्थन जनाउँदै मध्यपश्चिम विश्वविद्यालयमा क्रियाशील राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आफूलाई औपचारिक रूपमा विघटन गरेको घोषणा गरेको छ।

    संगठनका संयोजक सन्देश शाहीद्वारा जारी प्रेस वक्तव्यमा विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै अध्ययन, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरिएको छ। वक्तव्यमा सरकारको निर्णयलाई “स्वागतयोग्य र सकारात्मक कदम” भन्दै लामो समयदेखि विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप, शक्ति प्रदर्शन तथा अस्वस्थ प्रतिस्पर्धाले शैक्षिक वातावरणमा नकारात्मक असर पार्दै आएको उल्लेख गरिएको छ।

    उक्त निर्णयसँगै मध्यपश्चिम विश्वविद्यालय परिसरलाई पूर्ण रूपमा राजनीतिक प्रभावमुक्त बनाउँदै शैक्षिक उन्नयनमा केन्द्रित हुन सबै पक्षलाई आग्रह गरिएको छ। संगठन विघटनपछि अब विश्वविद्यालयमा शान्त, स्वस्थ र प्रतिस्पर्धात्मक शैक्षिक वातावरण निर्माण हुने विश्वास व्यक्त गरिएको छ।

    त्यसैगरी, वक्तव्यमा सम्बन्धित निकायहरूलाई सरकारको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ। साथै, सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा सरोकारवाला पक्षलाई शैक्षिक गुणस्तर अभिवृद्धिका लागि एकताबद्ध भएर योगदान गर्न अपिल गरिएको छ।

    सरकारको यो निर्णयले अन्य विश्वविद्यालयहरूमा पनि विद्यार्थी संगठनहरूको भूमिकाबारे नयाँ बहस सुरु हुने संकेत देखिएको छ।

    175268.png

    images
    सोमवार, चैत्र १६ २०८२०८:४८:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार