मंगलवार, चैत्र १७ २०८२
काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेशका लागि पहल गर्न निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग आज भएको छलफलमा मन्त्री गुरुङले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरी उक्त कार्यक्रम कार्यान्वयन गर्ने योजना ल्याउनुपर्ने बताएका हुन्।
बालबालिकालाई प्राकृतिक विपद्का समयमा सुरक्षित रहने तरिका, प्राथमिक उद्धार सीप तथा सचेतनामूलक ज्ञान प्रदान गर्ने लक्ष्य मन्त्री गुरुङको रहेको छ । यस कार्यक्रममार्फत विद्यार्थीलाई व्यवहारिक ज्ञानसहित आपत्कालीन अवस्थाको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।