Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसइई नतिजा अब एक महिनामै प्रकाशन गर्ने तयारी : सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण

एसइई नतिजा अब एक महिनामै प्रकाशन गर्ने तयारी : सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण

  • 372
    SHARES

  • एसइई नतिजा अब एक महिनामै प्रकाशन गर्ने तयारी : सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण

    काठमाडौँ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परिक्षाको नतिजा एक महिनामै नतिजा प्रकाशन गर्ने गरी कार्यविधि बनाउन राष्ट्रिय परिक्षा बोर्डलाई निर्देशन दिएको छ। मंगलवार राति शिक्षामन्त्री सहितकाे एकाइ प्रमुखहरूको भर्चुअल मिटिङमार्फत यस्तो निर्देशन दिएको हो।

    पछिल्ला वर्ष परीक्षा सकिएको तीन महिनामा सार्वजनिक गरिँदै आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा अब एक महिनामै प्रकाशन गर्ने गरी तयारी थालिएको हो।

    राष्ट्रिय पारिक्षा बोर्डले उत्तरपुस्तिका र नतिजा प्रकाशनसम्बन्धी कार्यविधि तयार पारेर एक साताभित्र मन्त्रालयमा पेस गर्ने तयारी गरेको छ । मन्त्रालयले कार्यविधि पास गरेपछि बोर्डले सोहीअनुसार नतिजा प्रकाशनका लागि काम थाल्नेछ ।

     

    यसबर्ष बिहीबार (१९ चैत)देखि २९ चैतसम्म एसइई सञ्चालन हुँदै छ । यसअघि तीन महिनामा नतिजा प्रकाशन गर्दा विद्यार्थीलाई माथिल्लो तहको शैक्षिक कार्यक्रममा सामेल हुन ढिला हुने गरेको, विद्यार्थीहरू ब्रिजकोर्समा लाग्दा ठगिनुपरेकोजस्ता कारण देखाउँदै शिक्षामन्त्री सस्मित पोखरेलले सोमबार राष्ट्रिय परीक्षा बोर्डलाई एक महिनामै परीक्षाफल प्रकाशन गर्न सक्ने गरी योजना बनाउन निर्देशन दिएका थिए । उनले उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनका लागि तुरुन्त कार्यविधि बनाउन निर्देशन दिएका हुन् । 

    एक महिनामै परीक्षाफल सार्वजनिक गर्न परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण सुरु गर्नुपर्छ । यसका लागि सम्बन्धित परीक्षा केन्द्रहरूमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाउन पनि बोर्डलाई निर्देशन छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डमै तथा प्रदेशका निश्चित ठाउँमा जम्मा गरेर परीक्षण गर्ने गरिन्थ्यो । पुरानो प्रक्रियाले ढिलाइ हुने भएकाले कार्यविधि बनाएर परीक्षा केन्द्रहरूमै परीक्षण गर्न मन्त्रालयले बोर्डलाई भनेको छ । 

    मन्त्रालयको प्रस्ताव कार्यान्वयन गर्न निर्देशिका बनाउन थालिएको राष्ट्रिय परीक्षा बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले बताए । उनका अनुसार योजना बनाएर सबै परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गर्ने हो भने एक महिनामै एसइईको नतिजा सार्वजनिक गर्न सम्भव छ ।  ‘मन्त्रालयबाट आएको अनुरोधअनुसार नतिजा प्रकाशन गर्न सकिन्छ, हामी कार्यविधि बनाउँदै छौँ,’ उनले भने, ‘कार्यविधि बनाएर मन्त्रालयमा पेस गर्छौँ, स्वीकृत भएपछि सोहीअनुसार काम हुन्छ ।’

    यस वर्ष एसइईका लागि पाँच लाख नौ हजार ९६१ विद्यार्थीले फारम भरेका छन् । दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्र छन् । एसइईका लागि देशभर १९ सय ९१ परीक्षा केन्द्र तोकिएका छन् । मन्त्रालयको योजनाअनुसार ती सबै परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिनेछ । 

    images
    बुधवार, चैत्र १८ २०८२०७:२३:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार