Oct 02 2026 | २०८३, आश्विन १६ गते

अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी

अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी

  • 985
    SHARES

  • अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०८३ सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र अवैध रूपमा शुल्क असुल्ने विद्यालयहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। 

    मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै केही संस्थागत विद्यालयहरूले शिक्षा नियमावली, २०५९ (संशोधन सहित) अन्तर्गतका प्रावधान र सर्वोच्च अदालत को मिति २०८२/१२/२० को आदेश उल्लङ्घन गरेको प्रति यस्तो चेतावनी दिएको हो।

     

    शिक्षा मन्त्रालयले यस्ता कार्यहरू शिक्षा क्षेत्रको गरिमा विपरीत मात्र नभई कानुनतः दण्डनीय हुने पनि स्पष्ट पारेको छ।

    मन्त्रालयले सबै विद्यालयलाई नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना प्रक्रिया सञ्चालन गर्न र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ अनुसार बाहेक अन्य कुनै शुल्क नलिन निर्देशन दिएको छ। साथै, गैरकानुनी रूपमा असुल गरिएको भर्ना शुल्क अभिभावकलाई फिर्ता गराउन सम्बन्धित स्थानीय तहलाई समेत अनुरोध गरिएको छ।

    निर्देशानुसार तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयहरूलाई शिक्षा ऐन, २०२८ लगायत प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

    1775393465059.jpg

    images
    आइतवार, चैत्र २२ २०८२०६:४५:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार