Oct 02 2026 | २०८३, आश्विन १६ गते

नयाँ शैक्षिक सत्र आगामी बैशाख १५ देखि शुरु गेर्ने सरकारको निर्णय

नयाँ शैक्षिक सत्र आगामी बैशाख १५ देखि शुरु गेर्ने सरकारको निर्णय

  • 399
    SHARES

  • नयाँ शैक्षिक सत्र आगामी बैशाख १५ देखि शुरु गेर्ने सरकारको निर्णय

    काठमाडौँ/ २३, चैत – सरकारले आगामी नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उक्त मितिदेखि देशभर नयाँ भर्ना तथा पठनपाठन प्रारम्भ गर्ने निर्णय गरेको हो।

    सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकको निर्णय सार्वजनिक गर्दै यस वर्ष शैक्षिक सत्र केही ढिला गरी सुरु गर्न लागिएको जानकारी दिए। सामान्यतया वैशाखको पहिलो साताबाट सुरु हुने शैक्षिक सत्र यसपटक व्यवस्थापन र तयारीका कारण केही दिन पछाडि सारिएको हो।

    नेपाल सरकार को यो निर्णयसँगै देशभरका विद्यालयहरूमा नयाँ भर्ना प्रक्रिया, कक्षा सञ्चालन तथा शैक्षिक गतिविधिहरू वैशाख १५ देखि औपचारिक रूपमा सुरु हुनेछन्।

    यस निर्णयले विद्यालयहरूलाई आवश्यक तयारी गर्न थप समय दिने विश्वास व्यक्त गरिएको छ। साथै यो निर्णयलाई व्यवस्थित शैक्षिक व्यवस्थापनतर्फको कदमका रूपमा हेरिएको छ, जसले समग्र शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

    images
    सोमवार, चैत्र २३ २०८२०७:०३:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार