आइतवार, आषाढ २७ २०७८
कोभिड १९ महामारीको कारणले शिक्षा क्षेत्रमा अतुलनीय क्षति पुउगेको छ। आर्थिक , राजनीति र ब्यबस्थापनको कमजोर धरातलमा उभेको नेपालको शैक्षिक क्षेत्र त्यसमाथि कोभिडले झनै पछि धकेलेको छ।
शिक्षण सँस्थाहरु बन्द छन। परिक्षाहरु रोकिएका छन। विद्यार्थी प्रत्यक्ष कक्षाकोठामा पढ्न सकिने अवस्था छैन। यो अवस्थामा विद्यार्थीको भविष्य अन्धकार मा जाने दुबिधा छैन। यो अवस्था मा के गर्ने ? प्रश्न खडा भएको छ।
हरेक समस्याहरुले समाधानको बिकल्प पनि दिन्छ । शिक्षण बिधिको विकल्प खोजिनु पर्छ। यसै सन्दर्भमा बिद्यार्थीलाई पाठसाला CUG ( Closed User Group ) सुबिधा प्रभावकारी हुनसक्ने बिज्ञहरुको शुझाव छ।
#के हो CUG पाठशाला ?
*कोभिडका कारणले विद्यालयमा प्रत्यक्ष उपस्थितिमा पठनपाठनमा अवरोध आएकाले विद्यालयका कक्षा ४ देखि १२ सम्मका विद्यार्थीलाइ विद्यालयको सन्चार सन्जालमा आवद्ध गर्दै शिक्षक विद्यार्थी बीच अन्तरकृया गर्ने वातावरण तयार गरि शिक्षण सिकाइ निरन्तरता दिने कार्यक्रम हो Closed User Group (CUG) पाठशाला सुबिधा !
#कसले पाउँछन् यो सुबिधा ?
*सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत तह कक्षा ४ देखि कक्षा १२ सम्मका सबै विद्यार्थीले यो सुबिधा पाँउछन ।
#शुल्क कति लाग्छ ?
*विद्यार्थी तथा अभिभावकलाइ कुनै पनि शुल्क लाग्दैन । नेपाल सरकारले स्थानिय तह मार्फत CUG सेवालाइ बजेट दिएको छ । त्यो बजेट यो सुबिधाको लागि नेपाल टेलिकममा विद्यालयले तिरिदिन्छ ।
#CUG मा विद्यार्थी कसरी जोडिन्छन ?
*विद्यार्थीको आफ्नो वा विद्यार्थीले प्रयोग गर्न पाउने अभिभावकको नेपाल टेलिकमको सीम छ भने त्यो नम्बरबाट र यदि सीम छैन भने विद्यालयले विद्यार्थीलाइ pre-paid सीम उपलब्ध गराउनेछ ।
#CUG सन्जालमा को को हुन्छन ?
*कुनै एउटा विद्यालयका सबै विद्यार्थी, शिक्षक, कर्मचारी, परामर्श अभिभावक सबै एउटै सन्जालमा जोडिन्छन ।
#परामर्श अभिभावक के हो ?
*प्रारम्भिक बालबिकास कक्षाका नानीहरुको सिकाइमा सहजिकरण अभिभावक तथा परिवारमा नानीहरुलाइ सिकाइ सहजिकरण गराउने माथिल्लो शैक्षिक योग्यता भएको अभिभावक !
#CUG मा जोडिए पछि के के सुबिधा पाइन्छ ?
१. सिकाइ सन्जालका सबै सदस्य सग फोनमा असीमित कुराकानी गर्न (voice सेवा) ।
२. शिक्षा बिभागको learning portal चलाउन 5GB मासिक internet डाटा । (अरुथोक चाहिँ यो डाटाबाट चल्दैन)
३. बल्क sms सुबिधा (विद्यालयलाई सुचना, जानकारी दिन, सिकाइ सुचना आदान प्रदान गर्न ।
#अरु सुबिधा चलाउनु परे के गर्ने ?
*आफै रिचार्ज गर्ने, आवस्यक परेको चलाउने !
#कहिलेसम्म पाइने ?
*विद्यालय खुलेर प्रत्यक्ष पठनपाठन शुरु नभएसम्म । विद्यालयमा पुर्ण/आशिक पढाइ शुरु भएको मिति देखी यो निशुल्क सुबिधा स्वत बन्द हुने ! त्यो बेलासम्म विद्यालयले मासिक रुपमा यो सुबिधाको शुल्क टेलिकम लाई बुझाइदिनेछ ।
#CUG बन्द भए पछि सीम के हुने ?
*CUG सेवा बन्द भएपछी त्यो सीम विद्यार्थी/अभिभावकले अन्य pre-paid सीम सरह चलाइरहन सक्ने । अन्य सरह आफै चार्ज गरि चलाउन सकिने !
#यो सुबिधा चलाउन सीम को ब्यालेन्स कति ?
*यसका लागि सीममा न्युनतम १/- ब्यालेन्स र validity आवस्यक हुने ।
#एक परिवारमा एक भन्दा बढी विद्यार्थी भए के ?
*एउटा परिवारमा एक भन्दा बढी विद्यार्थी भए ती सबै विद्यार्थीको लागि एउटा सीम/सुबिधा मात्र पाइने !
#CUG मा विद्यार्थी जोड्न विद्यालयले के गर्ने ?
*विद्यार्थी/अभिभावकको ntc सीम भए त्यो फोन नम्बर सङ्कलन गर्ने !
*ntc सीम नभएका विद्यार्थीको हकमा विद्यार्थी वा बुबा/आमाको नागरिकता र विद्यार्थीको एउटा फोटो सङ्कलन गरि नेपाल टेलिकमको pre-paid सीम प्राप्त गर्ने आवेदन फारम नियमानुसार अभिभावक लाई भराइ सङ्कलन गर्ने !
*प्रत्येक विद्यार्थीको आइडी कार्ड वा विद्यालयको अध्ययनरत विद्यार्थी हो भन्ने सिफारिस तयार गर्ने !
*सङ्कलित फारम र उपलब्ध फोन नम्बर टेलिकम ले दिएको फर्मेटमा soft copy समेत तयार गरि स्थानिय तह सग सिफारिस माग गर्ने !
*यी सबै विवरण र टेलिकममा बुझाएको शुल्क रसिद साथमा राखी टेलिकममा पेश गर्ने !
*टेलिकमले नियमानुसार CUG सेवाको सन्जाल बनाइदिनेछ ।
#घरको आफ्नै सीम CUG मा जोड्दा कुनै समस्या ?
*आफ्नो सीम बाट लिइदै आएका सबै सेवा यथावत नै हुन्छन । त्यो सीम नम्बर लाई CUG मा जोड्दा CUG सन्जाल भरी प्रयोग हुदा निशुल्क हुन्छ ।
#विद्यालयले तिर्नु पर्ने शुल्क कति ?
*प्रती सन्जाल सदस्य फोन नम्बर १२९/- मासिकका दरले ! स्थानिय तहबाट यो बापत निकासा भएको रकम रु१२५/- प्रति विद्यार्थी (कक्षा ४-१२ का विद्यार्थी ) प्रति महिना वढीमा ३ महिनाकाे मात्र cug सेवामा आवद्ध भएकोमा मात्रै निकासा हुन सक्छ अन्य शिर्षकमा खर्च गर्न नमिल्ने ।
#सुबिधा विद्यार्थीले कहिले पाउँछन् ?
*विद्यार्थी जति छिटो विद्यालयको सम्पर्कमा जान्छन र विवरण दिन्छन, अनि विद्यालयले जती छिटो प्रकृया अगाडि बढाउछन, त्यति छिटो विद्यार्थी सिकाइ सन्जालमा जोडिनेछन ।
#सुबिधा दुरुपयोगमा सचेतना ?
*अभिभावक, विद्यालय, स्थानिय तह, जिल्ला शिक्षा इकाइ सबैले विद्यार्थी वा कसैले यो सुबिधा दुरुपयोग गरे/नगरेको अनुगमन गर्ने । दुरुपयोग नहोस भनेर अभिभावक आफै सचेत रहने !
यसको श्रोत:
१. विद्यालयमा सन्चार सन्जालिकरण कार्यविधी-२०७७
२. नेपाल टेलिकमको CUG पाठशाला सम्बन्धी सुच