Jul 27 2026 | २०८३, श्रावण ११ गते

बर्नहार्ट स्कुल/कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरुको बिदाई समारोह सम्पन्न

बर्नहार्ट स्कुल/कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरुको बिदाई समारोह सम्पन्न

  • 351
    SHARES

  • बर्नहार्ट स्कुल/कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरुको बिदाई समारोह सम्पन्न

    काठमाडौं — काठमाडौ बर्नहार्ट सेकेण्डरी  स्कुल/कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरुको बिदाई समारोह (फेयरवेल प्रोग्राम–२०८२) भव्य रूपमा सम्पन्न गरेको छ। आइतबार काठमाडौँको कमलादीस्थित एकेडेमी हलमा बिशेष सांस्कृतिक कार्यक्रम सहित आयोजित एक भब्य कार्यक्रमका विच विद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न गरेको हो।

    IMG-20260406-WA0167.jpg

    कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष भुपेश छत्कुलिको सभापतित्वमा , प्रबन्ध निर्देशक नवराज अधिकारी, प्राचार्य पुरुषोत्तम बिष्ट , क्याम्पस प्रमुख सहदेव सिग्देल, सह - प्राचार्य शिवराम रिजाल, प्रशासन प्रमुख रामचन्द्र थापा, कोर्डिनेटर मनोज बिष्ट, कोर्डिनेटर रामकृष्ण पराजुली, इसिए इन्चार्ज सुजन रेग्मी लगाएत अन्य विशिष्ट पदाधिकारी तथा शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

    IMG-20260406-WA0349.jpg

    बिदाई कार्यक्रमले विद्यार्थी, शिक्षक तथा व्यवस्थापनबीचको आत्मीयता र शैक्षिक वातावरणको सकारात्मक झल्को प्रस्तुत गरेको थियो। कार्यक्रम पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गरिएको थियो।

    IMG-20260406-WA0104.jpg

    उक्त समारोहमा प्राचार्य पुरुषोत्तम बिष्टले सम्बोधन गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै अनुशासन, निरन्तर मेहनत र नैतिक शिक्षाको महत्त्वमा जोड दिनुभयो। उहाँले विद्यालयबाट प्राप्त ज्ञान र अनुभवलाई जीवनमा प्रयोग गर्दै सफल नागरिक बन्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।

    IMG-20260406-WA0343.jpg

    कार्यक्रमका अवसरमा उत्कृष्ट विद्यार्थी, कक्षा प्रतिनिधि तथा हेड ब्वाइज–हेड गर्ल्सलाई प्रमाणपत्र वितरण गरिएको थियो। सो क्रममा विद्यालय व्यवस्थापन पक्षले विद्यार्थीलाई टीका लगाई सम्मान गरेका थिए।

    IMG-20260406-WA0039.jpg

    उक्त समारोहमा सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले नेपालको विविध सांस्कृतिक झल्को दिने आकर्षक नृत्य तथा गयनहरु प्रस्तुत गरेका थिए। भने विद्यार्थी प्रतिनिधि सुरुचि भट्टराईले विदाइ मन्तव्य राख्दै विद्यालयसँग बिताएका स्मरणीय क्षणहरू साझा गरेकी थिइन्। मन्तव्यका क्रममा उनले शिक्षक तथा साथीहरूप्रति कृतज्ञता व्यक्त गरेकी थिइन्।

    IMG-20260406-WA0143.jpg

    समग्रमा, उक्त बिदाई समारोहले विद्यार्थीहरूको प्रतिभा, नेतृत्व क्षमता तथा विद्यालयको प्रभावकारी व्यवस्थापनलाई उजागर गर्दै शैक्षिक गतिविधिलाई थप प्रेरणादायी बनाएको थियो।

    IMG-20260406-WA0021.jpgIMG-20260406-WA0102.jpgIMG-20260406-WA0208.jpgIMG-20260406-WA0231.jpgIMG-20260406-WA0183.jpgIMG-20260406-WA0206.jpgIMG-20260406-WA0276.jpgIMG-20260406-WA0208.jpg

    images
    सोमवार, चैत्र २३ २०८२१०:२८:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार