Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविमा अब सातामा दुई दिन बिदा: नयाँ समय तालिका लागू

त्रिविमा अब सातामा दुई दिन बिदा: नयाँ समय तालिका लागू

  • 272
    SHARES

  • त्रिविमा अब सातामा दुई दिन बिदा: नयाँ समय तालिका लागू

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै निकायहरूमा महत्वपूर्ण प्रशासनिक सुधार गर्दै अबदेखि हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विश्वविद्यालयको कार्यकारी परिषद्को मिति २०८२ चैत २३ गते बसेको बैठकले उक्त निर्णय गर्दै नयाँ कार्यालय समय तालिका लागू गर्ने घोषणा गरेको हो।

    नयाँ व्यवस्था अनुसार विश्वविद्यालय अन्तर्गतका क्याम्पस, विभाग तथा अन्य निकायहरूमा अध्ययन, अध्यापन, अनुसन्धान तथा प्रशासनिक कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन समय व्यवस्थापनमा लचकता अपनाइएको छ। यो व्यवस्था मिति २०८२ चैत २४ गतेदेखि लागू हुने जनाइएको छ।

    शिक्षकहरूको हकमा सेमेस्टर तथा वार्षिक प्रणाली अन्तर्गतका कक्षाहरूको क्रेडिट आवर र कक्षा भारमा कुनै कमी नआउने गरी सम्बन्धित क्याम्पस तथा विभागलाई समय तालिका निर्माण गरी कार्यान्वयन गर्ने अधिकार दिइएको छ।

    त्यसैगरी, कर्मचारीहरूको कार्यालय समय मौसमअनुसार फरक रहनेछ। कात्तिक १६ देखि माघ १५ सम्म दैनिक ७ घण्टा र माघ १६ देखि कात्तिक १५ सम्म दैनिक ८ घण्टा काम गर्नुपर्नेछ। आवश्यकता अनुसार बिहान, दिउँसो वा साँझको समयमा काम गर्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई अधिकार दिइएको छ।

    विश्वविद्यालय अन्तर्गतका अस्पतालहरूमा कार्यरत कर्मचारीका लागि पनि सोही आधारमा समय निर्धारण गरिनेछ, जहाँ सम्बन्धित अस्पतालका कार्यकारी निर्देशक वा प्रमुखले आवश्यकतानुसार बिहान, दिउँसो वा रात्रीकालीन समय तालिका लागू गर्न सक्नेछन्। अन्य कार्यालय तथा निकायहरूको हकमा भने सामान्य अवस्थामा बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म र जाडो समयमा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय कायम गरिनेछ।

    यस्तो छ सूचना ! 

    FB_IMG_1775524060755.jpg

     

    images
    मंगलवार, चैत्र २४ २०८२०६:५९:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार