Oct 02 2026 | २०८३, आश्विन १६ गते

हरेक विद्यालय, क्याम्पस र अन्य संस्थाहरुको गरिमा बढाउन व्यक्ति जिम्मेवार हुनुपर्छ : डा. साउद

हरेक विद्यालय, क्याम्पस र अन्य संस्थाहरुको गरिमा बढाउन व्यक्ति जिम्मेवार हुनुपर्छ : डा. साउद

  • 329
    SHARES

  • हरेक विद्यालय, क्याम्पस र अन्य संस्थाहरुको गरिमा बढाउन व्यक्ति जिम्मेवार हुनुपर्छ : डा. साउद

    धनगढी । सहप्राध्यापक डा. मोहन सिंह साउदलेविद्यालय, क्याम्पस तथा अन्य संस्थाहरूको गरिमा र प्रतिष्ठा वृद्धि गर्न त्यहाँ कार्यरत व्यक्तिहरूको जिम्मेवारी महत्वपूर्ण हुने बताउनुभएको छ। सहप्राध्यापक साउदले संस्थागत विकासका लागि कर्मचारीहरू पेसाप्रति इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको हुन्।

    उहाँका अनुसार संस्था बलियो भए मात्रै त्यहाँ कार्यरत व्यक्तिहरूको अस्तित्व र अवसर सुनिश्चित हुने भएकाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको हितमा काम गर्न आवश्यक छ। “संस्था भएर नै जागिरको अवसर प्राप्त हुन्छ, त्यसैले व्यक्तिभन्दा संस्था ठूलो हो भन्ने सोच विकास हुनुपर्छ,” उहाँले बताउनुभयो।

    डा. साउदले कामलाई केवल नोकरीका रूपमा नभई पेसाको रूपमा ग्रहण गर्नुपर्ने धारणा राख्दै त्यसले संस्थाको ब्राण्डिङ्ग, विश्वसनीयता र समग्र प्रगतिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो। उहाँले पेसाप्रतिको वफादारिता नै साँचो धर्म भएको भन्दै व्यक्तिगत फाइदाभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

    उहाँले पैसा, पद र शक्तिको अहंकारले कसैलाई स्थायी रूपमा सफल नबनाउने बताउँदै सबै कर्मचारीहरू सेवकको भूमिकामा रहेर जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिनुभयो।

    images
    मंगलवार, चैत्र २४ २०८२१०:१९:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार