Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यार्थी आन्दोलनपछि त्रि.वि. केन्द्रीय पुस्तकालय २४ घण्टा खुल्ने

विद्यार्थी आन्दोलनपछि त्रि.वि. केन्द्रीय पुस्तकालय २४ घण्टा खुल्ने

  • 241
    SHARES

  • विद्यार्थी आन्दोलनपछि त्रि.वि. केन्द्रीय पुस्तकालय २४ घण्टा खुल्ने

    काठमाडौं । विद्यार्थीहरुको आन्दोलन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को दवावपछि त्रिभुवन विश्वविद्यालय को केन्द्रीय पुस्तकालय अब २४ घण्टा सञ्चालन हुने भएको छ । मिति २०८२ चैत २६ गते स्वतन्त्र विद्यार्थी युनियन, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरबाट प्राप्त विज्ञप्तिलाई मध्यनजर गर्दै त्रि.वि. केन्द्रीय पुस्तकालय र स्ववियुबीच विभिन्न मागहरू सम्बोधन गर्ने गरी सहमति भएको हो ।

    सहमति अनुसार केन्द्रीय पुस्तकालयको नियमित समय यथावत रहनेछ भने नयाँ भवनमा रहेको २४ घण्टा अध्ययन कक्ष चौबिसै घण्टा खुला राखिनेछ । यसले विद्यार्थीलाई राति पनि अध्ययन गर्ने सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ ।

    त्यसैगरी, अनाधिकृत पुस्तकालय परिचयपत्रको प्रयोग रोक्न छानबिन तथा नियमनका लागि समिति गठन गरिने भएको छ भने यसलाई कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ ।

    पुस्तक चोरी तथा शैक्षिक अनियमितता नियन्त्रणका लागि प्लेगरिज्म (Plagiarism) जाँच सेवा विश्वविद्यालय क्याम्पसका विद्यार्थीहरूलाई निःशुल्क उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइने र सात दिनभित्र कार्यान्वयन गर्ने सहमति भएको छ ।

    यस्तै, त्रि.वि. पुस्तकालय विकास समितिमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न सात दिनभित्र पहल गरिनेछ । पुस्तकालय परिसरको चमेनागृहलाई थप स्वच्छ, सफा तथा व्यवस्थित बनाउने निर्णय पनि गरिएको छ । यस निर्णयलाई विद्यार्थीमैत्री कदमका रूपमा लिइएको छ भने लामो समयदेखि उठ्दै आएको माग सम्बोधन भएको भन्दै विद्यार्थीहरूले स्वागत गरेका छन् ।

    FB_IMG_1775831643669.jpg

    images
    शुक्रवार, चैत्र २७ २०८२०८:२८:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार