Jul 27 2026 | २०८३, श्रावण ११ गते

धनगढीमा भोलिबाट भर्ना अभियान, वैशाख १४ देखि पठनपाठन शुरु

धनगढीमा भोलिबाट भर्ना अभियान, वैशाख १४ देखि पठनपाठन शुरु

  • 329
    SHARES

  • धनगढीमा भोलिबाट भर्ना अभियान, वैशाख १४ देखि पठनपाठन शुरु

    कैलाली । धनगढी उपमहानगरपालिकामा विद्यालय भर्ना अभियान र पठनपाठन तालिका अगाडि सारिएको छ। नगर शिक्षा समितिको वैशाख ३ गतेको निर्णयअनुसार उपमहानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा वैशाख ४ गतेदेखि ११ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन हुने भएको हो।

    यसैगरी, वैशाख १४ गतेदेखि नियमित अध्ययन अध्यापन शुरु गरिने निर्णय गरिएको छ। यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएको निर्देशनअनुसार वैशाख १५ देखि भर्ना अभियान र वैशाख २१ देखि पठनपाठन सुरु गर्ने तालिका तय गरिएको थियो।

    तर स्थानीय सरोकारवालाहरूले ढिलो तालिकाका कारण वार्षिक कार्यघण्टा अपुग हुने, अध्ययनमा अवरोध आउने र शिक्षाको गुणस्तरमा असर पर्ने चिन्ता व्यक्त गरेपछि उपमहानगरले समय अगाडि सार्ने निर्णय गरेको हो।

    उपमहानगरले सबै विद्यालयलाई समयमै भर्ना अभियान सञ्चालन गरी निर्धारित मितिबाट नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, उक्त निर्णयलाई सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि शाखालाई वेबसाइट र सामाजिक सञ्जालमार्फत जानकारी गराउनसमेत भनिएको छ। यस निर्णयसँगै धनगढीका विद्यालयहरूमा शैक्षिक गतिविधि चाँडै नै नियमित हुने अपेक्षा गरिएको छFB_IMG_1776338764687.jpg

    images
    बिहिवार, बैशाख ३ २०८३०५:१४:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार