मंगलवार, आषाढ २९ २०७८
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब नदिए अनुदान रोक्ने चेतावनी दिएको छ।
मन्त्रालयले बजेटमा उल्लेख गरिएको तलब स्थानीय तहलाई प्रदान गर्नुको विकल्प नभएको जनाएको छ। धेरै स्थानीय तहले ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय बजेटमा उल्लेख गरिएको तलब दिएका छैनन्।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार केन्द्रले दिन भनेको रकम पालिकाले कुनै पनि हालतमा दिनुपर्ने बताए। ‘स्थानीय तहले बजेट अपुग भए अर्थ मन्त्रालयसँग समन्वय गर्नुपर्यो, कि भने केन्द्रको अनुदान नलिन पर्यो। केन्द्रको अनुदान लिने अनि तलब नदिने भन्ने हुँदैन।
मन्त्रालयले भनेकोछ, 'तलब नदिने स्थानीय तहको नाम मन्त्रालयमा पठाउनुस्।’ तेस्तो स्थानिय निकायको अनुदान काटिन्छ ।' साउन भरमा अनुगमन गरेर नदिने स्थानीय तहलाई कारबाही गरिने समेत संघीय सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले बताएको छ।