Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिभुवन विश्वविद्यालयको जग्गा कब्जा प्रकरण: ३५ दिनभित्र फिर्ता नगरे कारबाही हुने चेतावनी

त्रिभुवन विश्वविद्यालयको जग्गा कब्जा प्रकरण: ३५ दिनभित्र फिर्ता नगरे कारबाही हुने चेतावनी

  • 381
    SHARES

  • त्रिभुवन विश्वविद्यालयको जग्गा कब्जा प्रकरण: ३५ दिनभित्र फिर्ता नगरे कारबाही हुने चेतावनी

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति गैरकानुनी रूपमा कब्जा वा प्रयोग गरिरहेका व्यक्ति, संस्था तथा निकायहरूलाई ३५ दिनभित्र खाली गरी विश्वविद्यालयलाई फिर्ता गर्न कडा निर्देशन दिएको छ।

    विश्वविद्यालयको कार्यकारी परिषद्को २०८२ चैत २३ गतेको निर्णयअनुसार प्रकाशित सूचनामा तोकिएको समयसीमाभित्र सम्पत्ति फिर्ता नगरेमा प्रचलित कानूनअनुसार कारबाही गरिने स्पष्ट उल्लेख गरिएको छ।

    यसअघि तयार गरिएको “जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति–२०८१” को प्रतिवेदनले विश्वविद्यालय तथा मातहतका निकायहरूको नाममा रहेका धेरै सम्पत्तिहरू केही व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरूले विश्वविद्यालयको ऐन, नियम र प्रचलित कानून विपरीत अनधिकृत रूपमा कब्जा, भोग तथा नियन्त्रण गरिरहेको औंल्याएको थियो।

    सूचनामा नेपाल सरकार तथा विभिन्न दातृ निकायहरूले शैक्षिक उन्नयनका लागि विभिन्न समयमा विश्वविद्यालयलाई उपलब्ध गराएका सम्पत्तिहरू समेत समेटिएको जनाइएको छ। यस्ता सम्पत्तिहरू प्रतिवेदनमा उल्लेख भए/नभए पनि सबैलाई ३५ दिनभित्र अनिवार्य रूपमा खाली गरी आधिकारिक रूपमा विश्वविद्यालयलाई हस्तान्तरण गर्न भनिएको छ।

    विश्वविद्यालयले उक्त कदमलाई शैक्षिक सम्पत्तिको संरक्षण, पारदर्शिता र प्रभावकारी उपयोग सुनिश्चित गर्ने महत्वपूर्ण प्रयासका रूपमा लिएको जनाएको छ।

    FB_IMG_1776405870967~2.jpg

    images
    शुक्रवार, बैशाख ४ २०८३१२:१४:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार