Jul 27 2026 | २०८३, श्रावण ११ गते

भरतपुरमा विद्यालय छिटो सञ्चालन गर्न अभिभावक र सरोकारवालाको जोडदार माग

भरतपुरमा विद्यालय छिटो सञ्चालन गर्न अभिभावक र सरोकारवालाको जोडदार माग

  • 285
    SHARES

  • भरतपुरमा विद्यालय छिटो सञ्चालन गर्न अभिभावक र सरोकारवालाको जोडदार माग

    भरतपुर– नयाँ शैक्षिक सत्र २०८३ को सुरुवातमा ढिलाइ र पेट्रोलियम पदार्थको अभावका कारण हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले विद्यार्थीहरूको समग्र शैक्षिक विकासमा नकारात्मक असर पर्ने भन्दै भरतपुरका अभिभावक तथा सरोकारवालाहरूले विद्यालयहरू यथाशीघ्र सञ्चालन गर्न जोडदार माग गरेका छन्। उनीहरूले विद्यार्थीको हित र वर्तमान व्यावहारिक अवस्थालाई मध्यनजर गर्दै तत्काल पठनपाठन सुचारु गर्न अपिल गरेका छन्।

    नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सम्पन्न २०८२ सालको एसइइ परीक्षा सफलतापूर्वक सञ्चालन तथा व्यवस्थापन गरेको कार्य प्रशंसनीय रहेको भए तापनि नयाँ शैक्षिक सत्रको सुरुवातमा भएको ढिलाइले चिन्ता बढाएको छ। यसले विद्यार्थीहरूको पठनपाठनमा बाधा पुग्ने र उनीहरूको भविष्यमा नकारात्मक प्रभाव पार्ने सरोकारवालाहरूको भनाइ छ।

    हालै पेट्रोलियम पदार्थको अभावका कारण सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस निर्णयले विद्यालयका पूर्वनिर्धारित कार्य दिनमा कमी ल्याई पाठ्यक्रमअनुसारको शिक्षण सिकाइ तथा मूल्याङ्कन प्रक्रियामा प्रत्यक्ष असर पार्ने देखिएको छ। यस परिस्थितिले विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा गिरावट ल्याउनुका साथै मानसिक दबाब र अन्योलसमेत सिर्जना गरिरहेको अभिभावकहरूको निष्कर्ष छ।

    लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरू घरमै सीमित हुनुपर्ने, मोबाइल तथा टेलिभिजनमा अत्यधिक निर्भर हुने, बाहिरी असुरक्षित गतिविधिमा संलग्न हुने जोखिम बढ्ने तथा अभिभावकलाई समेत व्यवस्थापनमा कठिनाइ हुने अवस्था सिर्जना भएको छ। यसले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा समेत प्रतिकूल असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

    यसै सन्दर्भमा २०८३ वैशाख ४ गते भरतपुर महानगरभित्रका संस्थागत विद्यालयका शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूको सहभागितामा भएको अन्तरक्रियाबाट समेत यथाशीघ्र विद्यालय सञ्चालन गर्नुपर्ने साझा धारणा आएको थियो।

    सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, भरतपुर महानगर समिति तथा संस्थागत विद्यालय अभिभावक संघ, भरतपुर महानगर समितिले संयुक्त रूपमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र र महानगरको शिक्षा शाखाबाट जारी निर्देशनअनुसार छिटोभन्दा छिटो पठनपाठन सुचारु गर्न आग्रह गरेका छन्।

    उनीहरूले विद्यार्थीको हित, अभिभावकको अपेक्षा र वर्तमान व्यावहारिक अवस्थालाई मध्यनजर गर्दै भरतपुर महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई तत्काल शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न हार्दिक अपिल गरेका छन्।

    1776573169915~2.jpg

    images
    आइतवार, बैशाख ६ २०८३१०:५७:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार