Oct 02 2026 | २०८३, आश्विन १६ गते

सरकारी निर्णयविरुद्ध उपत्यका मेयर्स फोरमको हस्तक्षेप: वैशाख ११ बाट भर्ना, १५ बाट पठनपाठन सुरु गर्ने

सरकारी निर्णयविरुद्ध उपत्यका मेयर्स फोरमको हस्तक्षेप: वैशाख ११ बाट भर्ना, १५ बाट पठनपाठन सुरु गर्ने

  • 532
    SHARES

  • सरकारी निर्णयविरुद्ध उपत्यका मेयर्स फोरमको हस्तक्षेप: वैशाख ११ बाट भर्ना, १५ बाट पठनपाठन सुरु गर्ने

    काठमाडौँ । शैक्षिक सत्र २०८३ को सुरुवातबारे नेपाल सरकारको निर्णयपछि देखिएको अन्यौलता अन्त्य गर्न काठमाडौँ उपत्यका मेयर्स फोरमले विद्यालय सञ्चालनका लागि वैकल्पिक मिति प्रस्ताव गरेको छ। फोरमले वैशाख ११ गतेदेखि भर्ना अभियान र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सुरु गर्न उपत्यकाभित्रका सबै पालिकालाई अनुरोध गरेको हो।

    नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत २२ को निर्णयअनुसार वैशाख १५ देखि भर्ना अभियान र वैशाख २१ देखि पठनपाठन सुरु गर्ने सूचना जारी भएपछि विद्यालय सञ्चालनमा द्विविधा उत्पन्न भएको भन्दै फोरमले गम्भीर ध्यानाकर्षण जनाएको छ।

    शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु भई चैत मसान्तसम्म रहने स्पष्ट व्यवस्था छ। साथै नेपालको संविधान २०७२ को अनुसूची ८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले आधारभूत र माध्यमिक शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा संघीय निर्णयले स्थानीय तहको कार्यक्षेत्रमा हस्तक्षेप गरेको संकेत देखिएको फोरमको ठहर छ।

    फोरमका अनुसार अधिकांश स्थानीय तहले आफ्नो शैक्षिक क्यालेण्डरअनुसार विद्यालय सञ्चालन गरिसकेको अवस्था, सर्वोच्च अदालतको अन्तरिम आदेश, तथा गाउँपालिका महासंघ, नगरपालिका संघ, शिक्षक महासंघ, Principals Association of Nepal, प्याब्सन, एनप्याब्सन र अभिभावक संघजस्ता सरोकारवाला निकायबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।

    विद्यार्थीको सिकाइमा हुन सक्ने क्षति न्यूनीकरण गर्दै उपत्यकाभित्र एकरूप शैक्षिक वातावरण कायम गर्न विद्यालयहरू यथाशीघ्र सञ्चालन गर्न आवश्यक देखिएको फोरमले जनाएको छ।

    यस्तै, देशमा देखिएको इन्धन संकटलाई ध्यानमा राख्दै आगामी दिनमा समस्या थप जटिल भएमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन तथा पठनपाठन अवरुद्ध हुन नदिन अनलाइन कक्षा लगायत वैकल्पिक उपाय अपनाउन पनि फोरमले सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।

    FB_IMG_1776862373157.jpg

    images
    बुधवार, बैशाख ९ २०८३०६:४४:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार