Oct 03 2026 | २०८३, आश्विन १७ गते

वैशाख १५ देखि विद्यालय सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन

वैशाख १५ देखि विद्यालय सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन

  • 557
    SHARES

  • वैशाख १५ देखि विद्यालय सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन

    काठमाडौँ । काठमाडौँ महानगरपालिका ले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत वैशाख १५ गतेदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।

    महानगरको शिक्षा तथा स्वास्थ्य समितिको वैशाख १० गतेको निर्णयअनुसार उक्त मितिदेखि पठनपाठनसहित सम्पूर्ण शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सबै विद्यालयलाई सूचना जारी गरिएको हो।

    महानगरले नेपाल सरकार को निर्णय तथा काठमाडौँ उपत्यका मेयर्स फोरम को अनुरोधलाई आधार मानेर यो निर्णय गरेको जनाएको छ। शिक्षक, कर्मचारी र विद्यार्थीमा परेको प्रभाव तथा विद्यालय व्यवस्थापन समितिको तयारीको समग्र विश्लेषणपछि सरोकारवालाहरूबीच देखिएको द्विविधा अन्त्य गर्न यस्तो निर्णय गरिएको स्पष्ट गरिएको छ।

    महानगर शिक्षा विभागका विभागीय प्रमुख नमराज ढकालद्वारा जारी सूचनामा सबै विद्यालय, शिक्षक तथा सम्बन्धित सरोकारवालालाई वैशाख १५ देखि नियमित पठनपाठन सञ्चालन गर्न/गराउन आग्रह गरिएको छ।

    यस्तै, सूचना कार्यान्वयनका लागि विद्यालय निरीक्षक, स्रोत शिक्षक तथा सूचना प्रविधि विभागलाई समेत आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिइएको छ।

    FB_IMG_1776950201005.jpg

    images
    बिहिवार, बैशाख १० २०८३०८:२१:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार