Jul 27 2026 | २०८३, श्रावण ११ गते

पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि बिरुद्ध पाँच विद्यार्थी संगठनको आयलनिगम डिपोमा धर्ना !

पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि बिरुद्ध पाँच विद्यार्थी संगठनको आयलनिगम डिपोमा धर्ना !

  • 597
    SHARES

  • पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि बिरुद्ध पाँच विद्यार्थी संगठनको आयलनिगम डिपोमा धर्ना !

    ३० असार, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विद्यार्थी संगठनहरु आन्दोलन मा उत्रेका छन ।

    आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले थानकोटस्थित नेपाल आयल निगमको डिपोमा धर्ना दिएका हुन्। नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैठौंका नेताहरु बुधबार बिहान साढे नौ बजेदेखि धर्नामा बसेका हुन् ।

    असार २९ गतेसम्मको अल्टिमेटमभित्र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरिएकाले थानकोटस्थित डिपो रहेको बागमती प्रादेशिक कार्यालय अगाडि धर्नामा बसेको हुन।

    इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै पाँच विद्यार्थी संगठनहरुले आजबाट देशभरका पेट्रोल पम्प, इन्धन ढुवानी ट्यांकर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिइएसम्म आन्दोलन नरोकिने पाँच विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।

    गत असार २८ गते नेपाल आयल निगम र पाँच विद्यार्थी संगठनबीच वार्तासमेत भएको थियो । तर, सो वार्ता विफल भएपछि उनीहरुले दोस्रो चरणको आन्दोलन शुरु गरेका हुन् ।

    यसैगरि बिप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले समेत संगठनको केन्द्रीय कार्यक्रम भन्दै पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि बिरुद्ध आन्दोलन गर्दै आएको छ।

    पेट्रोलियम पदार्थको मुल्यबृद्धी फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थी संगठन हरुले जनाएका छन।FB_IMG_1626244718353.jpg

     

    images
    बुधवार, आषाढ ३० २०७८१२:४७:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार