बिहिवार, बैशाख १७ २०८३
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले विद्यालय भर्ना, शुल्क तथा अन्य शैक्षिक विषयमा उठेका गुनासोहरूको समयमै सम्बोधन गर्न सहायता कक्ष (Help Desk) स्थापना गरेको छ।
केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार उक्त व्यवस्था गरेको जनाएको छ।विभिन्न माध्यमबाट नेपाल सरकारका निकायहरूमा आउने गुनासाहरूलाई छिटो र प्रभावकारी रूपमा समाधान गर्ने उद्देश्यले हेल्प डेस्क सञ्चालनमा ल्याइएको हो ।
हेल्प डेस्कमा समन्वय तथा सहजीकरणको जिम्मेवारी केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौर र निर्देशक धर्मप्रसाद तिवारी केन्द्रले जनाएको छ। साथै सम्बन्धित सरोकारवाला निकाय तथा व्यक्तिहरूलाई गुनासो तथा समस्याहरू समाधानका लागि सहायता कक्षमार्फत समन्वय गर्न अनुरोध गरेको छ।
