Jul 27 2026 | २०८३, श्रावण ११ गते

बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

  • 568
    SHARES

  • बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

    १९ वैशाख, काठमाडौं । धमाधम नदी किनार आसपासका अतिक्रमित जग्गामा बनेका संरचना हटाइरहेको सरकारले बालाजुस्थित एक विद्यालयमा पनि डोजर चलाएको छ ।

    शनिबार बालाजुस्थित काठमाडौं महानगरपालिका–१९ मा रहेको बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा पनि डोजर चलेको हो । 

    २०५३ सालदेखि सञ्चालित श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयको भवन डोजर लगाएर भत्काइएको छ ।

    कक्षा १ देखि ८ सम्म रहेको यस विद्यालयमा १२० बढी विद्यार्थी रहेको प्रधानाध्यापक शान्तराम श्रेष्ठले बताए । सरकारी जग्गामा बसेको विद्यालय भवन नभत्काउन आग्रह गर्दा समेत सरकारी पक्षले सुनुवाइ नगरेको प्रधानाध्यापक श्रेष्ठले बताए ।

    यसअघि मनोहरा मा रहेको सरस्वती आधारभूत विद्यालयमा समेत डोजर चलेको थियो।

    images
    शनिवार, बैशाख १९ २०८३०१:०५:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार