Oct 02 2026 | २०८३, आश्विन १६ गते

सामुदायिक विद्यालयमा डोजर चलाइएकोप्रति १६ विद्यार्थी सङ्गठनको आपत्ति

सामुदायिक विद्यालयमा डोजर चलाइएकोप्रति १६ विद्यार्थी सङ्गठनको आपत्ति

  • 469
    SHARES

  • सामुदायिक विद्यालयमा डोजर चलाइएकोप्रति १६ विद्यार्थी सङ्गठनको आपत्ति

    काठमाडौं । १६ विद्यार्थी सङ्गठनहरूले सामुदायिक विद्यालयमा डोजर लगाई संरचना भत्काइएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। संयुक्त प्रेस वक्तव्य जारी गर्दै विद्यार्थी सङ्गठनहरूले सामुदायिक विद्यालयहरूमा गरिएको भनिएको डोजर कारबाहीले विद्यार्थीको पठनपाठन प्रभावित भएको र शैक्षिक अधिकारमाथि प्रत्यक्ष असर परेको बताएका छन्।

    वक्तव्यमा काठमाडौंको बालाजुस्थित एक विद्यालय तथा भक्तपुरको मनोहरा क्षेत्रस्थित अर्को सामुदायिक विद्यालयमा डोजर चलाइएपछि करिब तीन सयभन्दा बढी विद्यार्थीको अध्ययन अवरुद्ध भएको उल्लेख गरिएको छ। नयाँ शैक्षिक सत्र सुरु भएकै अवस्थामा विद्यालय संरचना भत्काइनु गम्भीर लापरबाही भएको उनीहरूको आरोप छ।

    विद्यार्थी सङ्गठनहरूले विद्यालय व्यवस्थापन र वैकल्पिक शैक्षिक व्यवस्था बिना गरिएको यस्तो कार्यले विद्यार्थीहरूको भविष्य अन्योलमा पारेको भन्दै तत्काल पुनःस्थापना र सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

    त्यसैगरी उनीहरूले प्रभावित विद्यार्थीहरूका लागि तत्काल वैकल्पिक कक्षा सञ्चालन, अस्थायी पठनपाठन व्यवस्था र दीर्घकालीन समाधानको योजना ल्याउन आग्रह गरेका छन्।

    संयुक्त वक्तव्यमा शिक्षा अधिकार संवैधानिक अधिकार भएको भन्दै यसप्रकारका घटनामा सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।

    1777737844953.jpg1777737846638.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार