Jul 27 2026 | २०८३, श्रावण ११ गते

दलगत संगठन र ट्रेड युनियन निषेध गर्ने निर्णय पार्टीविरुद्धको लडाइँ होइन : प्रधानमन्त्री बालेन्द्र शाह

दलगत संगठन र ट्रेड युनियन निषेध गर्ने निर्णय पार्टीविरुद्धको लडाइँ होइन : प्रधानमन्त्री बालेन्द्र शाह

  • 111
    SHARES

  • दलगत संगठन र ट्रेड युनियन निषेध गर्ने निर्णय पार्टीविरुद्धको लडाइँ होइन : प्रधानमन्त्री बालेन्द्र शाह

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले दलगत संगठन र ट्रेड युनियन निषेध गर्ने सरकारको निर्णय कुनै पार्टीविरुद्धको लडाइँ नभई प्रणाली र भविष्य जोगाउने प्रयास भएको बताउनु भएको छ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै उहाँले लामो समयदेखि विद्यार्थी र कर्मचारीतन्त्रमा दलगत हस्तक्षेप बढ्दै जाँदा प्रणाली नै कमजोर बनेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार विभिन्न संगठनहरू आफ्नो उद्देश्यभन्दा विचलित भई दलगत स्वार्थमा केन्द्रित हुँदा जनविश्वास घट्दै गएको छ।

    प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत प्रभाव हटाउने निर्णय स्पष्ट नीतिका आधारमा गरिएको बताउनुभएको छ। “अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ,” उहाँले भन्नुभएको छ। 

    उहाँले अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलगत प्रभाव निषेध गरिने स्पष्ट पार्दै यसले पेशागत स्वतन्त्रता बलियो बनाउने दाबी गर्नुभयो। साथै नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षतालाई आधार बनाइने बताउनुभयो।

    प्रधानमन्त्री शाहका अनुसार विद्यार्थीले जिम्मेवार र सभ्य राजनीति सिक्नुपर्ने तथा कर्मचारीले जनताप्रति उत्तरदायी भएर सेवा दिनुपर्ने समय आएको छ। “यो कुनै पार्टीविरुद्धको लडाइँ होइन, प्रणाली र भविष्य जोगाउने प्रयास हो,” उहाँले भन्नुभएको छ।

    सरकारले अध्यादेशमार्फत शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्ने कदम चालेको जनाउँदै उहाँले यस अभियानमा सबैको साथ र विश्वास आवश्यक रहेको बताउनुभएको छ। 

    IMG_20260505_091705.jpg

    images
    मंगलवार, बैशाख २२ २०८३०९:१८:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार