Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध १० विद्यार्थी संगठनको संयुक्त विरोध

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध १० विद्यार्थी संगठनको संयुक्त विरोध

  • 592
    SHARES

  • प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध १० विद्यार्थी संगठनको संयुक्त विरोध

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले विद्यार्थी संगठनहरूलाई “स्लिपर सेल” भनेको अभिव्यक्तिप्रति देशभरका १० वटा विद्यार्थी संगठनहरूले संयुक्त रूपमा घोर भर्त्सना जनाएका छन्।

    २०८३ वैशाख २२ गते जारी संयुक्त प्रेस विज्ञप्तिमा विद्यार्थी संगठनहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई “अपमानजनक, गैरजिम्मेवार र इतिहासविरोधी” भन्दै कडा आपत्ति प्रकट गरेका हुन्।

    विज्ञप्तिमा विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै राणा शासनदेखि पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध भएका संघर्षहरूमा विद्यार्थीहरूको अग्रणी भूमिका रहेको उल्लेख गरिएको छ। लोकतान्त्रिक व्यवस्था स्थापनाका क्रममा विद्यार्थीहरूले ठूलो त्याग र बलिदान दिएको उल्लेख गर्दै त्यस्तो आन्दोलनलाई अपराधीकरण गर्ने प्रयास अस्वीकार्य भएको संगठनहरूको भनाइ छ।

    संगठनहरूले वर्तमान समयमा विद्यार्थी आन्दोलनमा केही कमजोरीहरू रहेको स्वीकार गर्दै सुधारका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। साथै, समस्याको समाधान संवाद र सहकार्यबाट सम्भव रहेको उल्लेख गर्दै सरकारलाई वार्तामा आउन आग्रह गरेका छन्।

    तर प्रधानमन्त्रीले सार्वजनिक संवाद नगरी सामाजिक सञ्जालमार्फत संगठनहरूलाई “स्लिपर सेल” जस्तो गम्भीर आरोप लगाउनु अनुचित भएको उनीहरूको टिप्पणी छ। यस्तो अभिव्यक्तिले विद्यार्थी आन्दोलनलाई अपराधीकरण गर्ने र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने खतरा रहेको विज्ञप्तिमा उल्लेख छ।

    अन्त्यमा, विद्यार्थी संगठनहरूले सरकारको “विचारमाथि प्रतिबन्ध लगाउने, विरोधी आवाज दबाउने र सामाजिक सञ्जालमार्फत शासन सञ्चालन गर्ने प्रवृत्ति” प्रति सचेत रहन आग्रह गर्दै त्यस्तो सोचलाई असफल पार्ने चेतावनी दिएका छन्।

    FB_IMG_1777983258276.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार