Jul 27 2026 | २०८३, श्रावण ११ गते

सेवा प्रवाहलाई परिणाममुखी बनाउन शिक्षामन्त्री पोखरेको जोड

सेवा प्रवाहलाई परिणाममुखी बनाउन शिक्षामन्त्री पोखरेको जोड

  • 499
    SHARES

  • सेवा प्रवाहलाई परिणाममुखी बनाउन शिक्षामन्त्री पोखरेको जोड

    काठमाडौँ, २३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले सेवा प्रवाहलाई थप परिणाममुखी, प्रभावकारी र नागरिकमैत्री बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ।

    आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सेवाग्राहीका समस्या र आम नागरिकका सरोकारलाई केन्द्रमा राखेर सेवा प्रणालीलाई सरल र सहज बनाउनुपर्नेमा जोड दिनुभयो।

    उहाँले सरकार नीतिगत तथा संरचनागत सुधारमार्फत सुशासन प्रवर्द्धन गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा अघि बढिरहेको उल्लेख गर्दै सबै निकायलाई वार्षिक लक्ष्यअनुसार योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो।

    बैठकमा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्षको नौ महिनामा ६४ प्रतिशत वित्तीय प्रगति र ७० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल भएको छ। समीक्षा अवधिमा सञ्चालनमा रहेका कार्यक्रमहरूको कार्यान्वयन सन्तोषजनक रहेको र निर्धारित समयमै लक्ष्य हासिल हुने अपेक्षा गरिएको निष्कर्ष निकालिएको छ।

    मन्त्रालयका योजना तथा अनुगमन महाशाखाले प्रगति विवरण प्रस्तुत गरेको उक्त बैठकमा विभिन्न निकायका प्रमुखहरूले आ–आफ्नो कार्यसम्पादनबारे जानकारी गराएका थिए। साथै, सम्बन्धित निकायबीच समन्वय र कार्यान्वयनमा थप सक्रियता आवश्यक रहेकोमा पनि जोड दिइएको थियो।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार