Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेशनल मोडेल स्कुलको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, एक हजारभन्दा बढी लाभान्वित

नेशनल मोडेल स्कुलको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, एक हजारभन्दा बढी लाभान्वित

  • 224
    SHARES

  • नेशनल मोडेल स्कुलको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, एक हजारभन्दा बढी लाभान्वित

    बालाजु, २०८२ वैशाख २५ — नेशनल मोडेल इङ्गलिस सेकेण्डरी स्कुल बालाजुको आयोजनामा शुक्रबार एक भव्य नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। विद्यालयले विद्यार्थीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यप्रति चासो राख्दै उक्त शिविर आयोजना गरेको हो।

    FB_IMG_1778202617615.jpg

    शिविरमा करिब ४० जना चिकित्सकको विशेष टोलीले सेवा प्रदान गरेको थियो। जसमा दाँत, नाक, कान, घाँटी, रक्तचाप (ब्लड प्रेसर), तथा रक्तशर्करा (सुगर) परीक्षण जस्ता महत्त्वपूर्ण स्वास्थ्य सेवाहरू समावेश थिए। करिब एक हजार विद्यार्थीहरूले प्रत्यक्ष लाभ लिएका छन् भने शिविरमा आएका अभिभावकहरूले समेत यसको लाभ उठाएको विद्यालयले जनाएको छ।

    विद्यालयका प्रिन्सिपल डिएन अधिकारीले भन्नुभयो, “विद्यार्थीहरूको स्वास्थ्यप्रति विद्यालय जिम्मेवार छ। नियमित स्वास्थ्य जाँचले मात्र उनीहरूको सर्वाङ्गीण विकास सम्भव छ। त्यसैले हामीले हरेक वर्ष यस्तो शिविर सञ्चालन गर्दै आएका छौँ।”

    FB_IMG_1778203051755.jpg

    विद्यालयले गुणस्तरीय शिक्षाको साथै विद्यार्थीको सर्वोत्तम स्वास्थ्यलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। अभिभावक तथा स्थानीयवासीहरूले विद्यालयको यस सकारात्मक पहलको प्रशंसा गरेका छन्।

    FB_IMG_1778202621060.jpgFB_IMG_1778203143656.jpg

    images
    शुक्रवार, बैशाख २५ २०८३०७:२७:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार