Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालयमा अनधिकृत भिडियो खिच्ने कार्यप्रति लालबन्दी नगरपालिकाको आपत्ति

विद्यालयमा अनधिकृत भिडियो खिच्ने कार्यप्रति लालबन्दी नगरपालिकाको आपत्ति

  • 240
    SHARES

  • विद्यालयमा अनधिकृत भिडियो खिच्ने कार्यप्रति लालबन्दी नगरपालिकाको आपत्ति

    लालबन्दी (सर्लाही), २०८३ जेठ ८ — लालबन्दी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा केही यूट्युबरले अनधिकृत रूपमा प्रवेश गरी भिडियो अन्तर्वार्ता लिई शैक्षिक वातावरण बिथोल्ने कार्यप्रति नगरपालिकाले गम्भीर आपत्ति जनाएको छ।

    नगर प्रमुख वासुदेव अधिकारीले शुक्रबार (बिहीबार) सार्वजनिक गरेको सूचनामा विद्यालय परिसरमा पठनपाठन जारी रहेकै समयमा यूट्युबरहरूले विद्यालय प्रवेश गरी भ्रामक भिडियो प्रसारण गरेको गुनासो आएको उल्लेख गरेका छन्। सो कार्यले प्रधानाध्यापक तथा शिक्षकको मनोबल घटाई शैक्षिक गुणस्तरमा ह्रास आउने भन्दै नगरपालिकाले यस्ता गतिविधिमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

    नगरपालिकाले सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दै भनेको छ, “यस नगरमा सञ्चालित विद्यालयहरूको शैक्षिक गतिविधिहरूलाई शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सहयोग गरिदिनुहुन अनुरोध छ।”

    सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले समेत यस विषयमा छलफल गर्दै विना अनुमति र यथार्थ बुझी नभई भिडियो प्रसारण गर्ने प्रवृत्तिले शैक्षिक अभियानमा बाधा पुग्ने निष्कर्ष निकालेको थियो। सोही निवेदनपछि नगरपालिकाले यो सूचना जारी गरेको हो।

    हाल यस्ता व्यक्तिहरू विद्यालय परिसरमा प्रवेश गर्न प्रतिबन्धित रहनेछन्। कसैले उक्त नियम उल्लङ्घन गरेको पाइएमा नगरपालिका प्रशासनले प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाउने जनाएको छ।

    images
    शुक्रवार, बैशाख २५ २०८३०७:४८:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार