Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई २०८२ को नतिजा हेर्न एसएमएस, आइभिआर र वेबसाइटको व्यवस्था

एसईई २०८२ को नतिजा हेर्न एसएमएस, आइभिआर र वेबसाइटको व्यवस्था

  • 279
    SHARES

  • एसईई २०८२ को नतिजा हेर्न एसएमएस, आइभिआर र वेबसाइटको व्यवस्था

    काठमाडौँ। राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा SMS, IVR तथा विभिन्न वेबसाइटमार्फत सार्वजनिक गरिने जनाएको छ ।

    २०८३ वैशाख २६ गते प्रकाशित सूचनाअनुसार राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा हेर्न विभिन्न संस्था र प्लेटफर्मलाई स्वीकृति दिएको हो ।

    नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० नम्बरमार्फत SMS/IVR सेवा उपलब्ध हुनेछ भने अन्य विभिन्न संस्थाका Shortcode मार्फत पनि SMS सेवा प्रयोग गर्न सकिनेछ ।

    त्यसैगरी परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडुसञ्जाल, खल्ती, एनसेललगायतका वेबसाइट तथा एपमार्फत पनि विद्यार्थीहरूले आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ ।

    कार्यालयले आधिकारिक माध्यमबाट मात्र नतिजा हेर्न तथा अनधिकृत सूचनाबाट भ्रमित नहुन आग्रह गरेको छ ।

    FB_IMG_1778382312124.jpg

    images
    आइतवार, बैशाख २७ २०८३०९:००:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार