Jul 29 2026 | २०८३, श्रावण १३ गते

अनलाइन भोटिङमार्फत स्कुल क्याप्टेन तथा भाइस क्याप्टेन चयन

अनलाइन भोटिङमार्फत स्कुल क्याप्टेन तथा भाइस क्याप्टेन चयन

  • 473
    SHARES

  • अनलाइन भोटिङमार्फत स्कुल क्याप्टेन तथा भाइस क्याप्टेन चयन

    २७, बैशाख । काठमाडौँ महानगरपालिकाअन्तर्गत एक विद्यालयले लोकतान्त्रिक अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले अनलाइन भोटिङ प्रणालीमार्फत स्कुल क्याप्टेन, स्कुल भाइस क्याप्टेन चयन गरेको छ।

    बिजेश्वरीस्थित द सनसाइन स्कुल/कलेजले अनलाइन भोटिङ प्रणालीमार्फत स्कुल क्याप्टेन, स्कुल भाइस क्याप्टेन, हाउस क्याप्टेन तथा भाइस क्याप्टेन गरी जम्मा १० जना विद्यार्थी प्रतिनिधि चयन गरेको हो।  

    IMG-20260509-WA0068.jpg

    विद्यालयमा आयोजित उक्त निर्वाचन कार्यक्रममा कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। विद्यार्थीहरूले विभिन्न चुनाव चिह्नका आधारमा आफ्ना मनपर्ने उम्मेदवारलाई अनलाइन मतदानमार्फत मत दिएका थिए। मतदान सम्पन्न भएको केही मिनेटमै नतिजा सार्वजनिक गरिएको विद्यालयले जनाएको छ।

    IMG-20260509-WA0035.jpg

    निर्वाचन प्रक्रियामा सहभागी उम्मेदवारहरूले सभा हलमा आफ्ना योजना, एजेन्डा तथा विद्यार्थी हितका विषय प्रस्तुत गरेका थिए। त्यसपछि विद्यार्थीहरूले उम्मेदवारका विचार र एजेन्डाका आधारमा आफ्नो मत प्रयोग गरेका थिए।

    IMG-20260509-WA0001.jpg

    कार्यक्रममा विद्यालयका प्राचार्य श्री बाबुराम गौतम ले निर्वाचन प्रक्रियामा सहभागी सम्पूर्ण प्रतिस्पर्धी विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्दै यस्ता गतिविधिले विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारी बोध तथा लोकतान्त्रिक संस्कारको विकास हुने बताउनुभयो।

    IMG-20260509-WA0025.jpg

    images
    सोमवार, बैशाख २८ २०८३०८:०४:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार