Oct 02 2026 | २०८३, आश्विन १६ गते

एसइई नतिजा : ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसइई नतिजा : ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • 540
    SHARES

  • एसइई नतिजा : ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

    राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार यस वर्ष कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थी सहभागी भएका छन्। तीमध्ये २ लाख ८४ हजार १ सय ६० विद्यार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५ सय ७ विद्यार्थी ‘एनजी’ (नन ग्रेडेड) भएका छन्।

    समग्र उत्तीर्ण प्रतिशत ६५.९८ रहेको बोर्डले जनाएको छ। प्राप्त विवरणअनुसार सबैभन्दा धेरै विद्यार्थी २.८० देखि ३.२० जीपीए समूहमा रहेका छन्। यस समूहमा ९४ हजार २ सय २२ विद्यार्थी रहेका छन्। त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी संख्या ८० हजार ३ सय ७२ रहेको छ भने ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थी ४८ हजार ३ सय ९२ रहेका छन्।

    यस्तै, २.४० देखि २.८० जीपीए ल्याउने विद्यार्थी संख्या ५५ हजार ९ सय ७७ रहेको छ भने २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थी ५ हजार १ सय ९० रहेका छन्। १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थी संख्या ७ रहेको बोर्डले जनाएको छ।

    FB_IMG_1778513774006.jpg

    प्रदेशगत नतिजा 

    1778514784087~2.jpg

    यस वर्ष पनि ठूलो संख्यामा विद्यार्थी ‘एनजी’ भएको तथ्यांक सार्वजनिक भएपछि विद्यालय शिक्षा र सिकाइ उपलब्धिको गुणस्तरबारे पुनः बहस सुरु भएको छ।

    images
    सोमवार, बैशाख २८ २०८३०९:२५:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार