Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौंका सामुदायिक विद्यालयको एसईई नतिजा सुधार, ४ विद्यालय शतप्रतिशत सफल

काठमाडौंका सामुदायिक विद्यालयको एसईई नतिजा सुधार, ४ विद्यालय शतप्रतिशत सफल

  • 292
    SHARES

  • काठमाडौंका सामुदायिक विद्यालयको एसईई नतिजा सुधार, ४ विद्यालय शतप्रतिशत सफल

    काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सुधारिएको नतिजा हासिल गरेका छन् । महानगरभित्रका ६० वटा सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी ४ हजार १६७ विद्यार्थीमध्ये ३ हजार १९८ जना अर्थात् ७६.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

    यस वर्ष केन्द्रीय वहिरा माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालय ले शतप्रतिशत नतिजा हासिल गरेका छन् ।

    परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २८ पुगेको छ । तीमध्ये ज्ञानोदय माध्यमिक विद्यालय का २१ जना, तरुण माध्यमिक विद्यालय का १ जना, शिवपुरी माध्यमिक विद्यालय का १ जना, विश्व निकेतन माध्यमिक विद्यालय का ३ जना तथा रत्नराज्य माध्यमिक विद्यालय का २ जना विद्यार्थी रहेका छन् । गएको वर्ष १७ जनाले मात्र ४ जीपीए प्राप्त गरेका थिए ।

    महानगरका अनुसार गएको वर्ष ४ हजार ८५ जना परीक्षार्थीमध्ये ३ हजार १०९ जना अर्थात् ७६.०८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । यस वर्ष ८२ जना बढी विद्यार्थी परीक्षामा सहभागी हुँदा ग्रेडेड हुने प्रतिशत ०.६७ ले वृद्धि भएको हो ।

    यस वर्ष ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ५४३ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने १ हजार ४ जना, २.८ देखि ३.२ जीपीए ल्याउने १ हजार १५३ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४६९ जना तथा २.० देखि २.४ जीपीए ल्याउने १४ जना रहेका छन् ।

    गएको वर्ष ९७६ जना विद्यार्थी नटग्रेडेड भएका थिए भने यस वर्ष उक्त संख्या घटेर ९६९ मा झरेको छ । महानगरले सञ्चालन गर्दै आएको नतिजा सुधार कार्यक्रम प्रभावकारी बन्दै गएको संकेत यस नतिजाले दिएको छ ।

    images
    मंगलवार, बैशाख २९ २०८३०९:०३:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार