Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौं महानगरमा कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुल्यो

काठमाडौं महानगरमा कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुल्यो

  • 403
    SHARES

  • काठमाडौं महानगरमा कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुल्यो

    ३०, बैशाख । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन खुलाएको छ। महानगरपालिकाले परीक्षा प्रणालीमार्फत छात्रवृत्ति वितरण गर्ने जनाएको छ।

    सूचनाअनुसार अनलाइन आवेदन फाराम भर्ने प्रक्रिया २०८३ जेठ १ गते बिहान १० बजेदेखि सुरु हुनेछ भने आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११:५९ बजेसम्म तोकिएको छ।

    छात्रवृत्ति परीक्षा २०८३ जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गरिनेछ। परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने महानगरपालिकाले जनाएको छ।

    विद्यार्थीहरूले महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

    विषयगत अङ्कभार, विद्यालयअनुसार छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा उपलब्ध रहेको जनाइएको छ।

    FB_IMG_1778635254673.jpg

     

    images
    बुधवार, बैशाख ३० २०८३०७:१७:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार