बुधवार, बैशाख ३० २०८३
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले आधारभूत तह कक्षा ४–५ मा लागू हुने “विद्यार्थी मूल्याङ्कन मार्गदर्शन, २०८३” सम्बन्धी प्रबोधीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। नेपाल सरकारको कक्षा ५ सम्म आन्तरिक मूल्याङ्कन गर्ने निर्णय कार्यान्वयनका सन्दर्भमा विषयगत अनलाइन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
केन्द्रद्वारा जारी सूचनाअनुसार कार्यक्रम जेठ २ गतेदेखि ४ गतेसम्म साँझ ६ बजे सञ्चालन हुनेछ। कार्यक्रममा नेपाली, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन, अङ्ग्रेजी तथा स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषय समेटिएका छन्।
नेपाली र सामाजिक अध्ययन विषयका लागि Google Meet तथा अन्य विषयका लागि Zoom मार्फत कार्यक्रम सञ्चालन गरिनेछ। सम्बन्धित विषयका शिक्षक तथा सरोकारवालालाई सूचनामा उल्लेखित लिंकमार्फत कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।
सूचनाअनुसार नेपाली र गणित विषयको प्रबोधीकरण कार्यक्रम जेठ २ गते, विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन जेठ ३ गते तथा अङ्ग्रेजी र स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषयको कार्यक्रम जेठ ४ गते सञ्चालन हुनेछ।
