Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिद्धालय

काठमाडौँका एसएसपी श्यामलाल ज्ञवाली र एसपी सोमेन्द्र सिंह राठौरविरुद्व त्रिबि उत्तरपुस्तिका नष्ट प्रकरणमा उजुरी !

काठमाडौँका एसएसपी श्यामलाल ज्ञवाली र एसपी सोमेन्द्र सिंह राठौरविरुद्व त्रिबि उत्तरपुस्तिका नष्ट प्रकरणमा उजुरी !

  • 721
    SHARES

  • काठमाडौँका एसएसपी श्यामलाल ज्ञवाली र एसपी सोमेन्द्र सिंह राठौरविरुद्व त्रिबि उत्तरपुस्तिका नष्ट प्रकरणमा उजुरी !

    काठमाडौँ । त्रिभुवम बिश्वबिद्धालयको उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली बिरुद्ध उजुरी परेको छ।

    स्नातकोतर भौतिकशास्त्र अन्तर्गत क्वान्टम मेकानिक्सका विद्यार्थी आशिष पौडेलले एसएसपी ज्ञवालीसहित परिसरका एसपी सोमेन्द्र सिंह राठौर र मुद्दा शाखाका डीएसपी देवि प्रसाद पौडेलविरुद्व उजुरी दिएका हुन् ।

    पौडेलले एसएसपी ज्ञवालीसहित प्रहरी अधिकृतविरुद्व प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री समक्ष उजुरी दिएका बताएका छन। थापाको उजुरी विवरण अनुसार एसएसपी ज्ञवाली सहितका तीन जना प्रहरी अधिकृतलाई सक्त कारवाहीको माग गरिएको छ ।

    उजुरीमा त्रिभुवन विश्वविद्यालयले नियमविपरित उत्तरपुस्तिका धुल्याएको घटनाको अनुसन्धान, तहकिकातका अतिरिक्त आवश्यक प्रमाण संकलन नगरी प्रहरीले तामेलीमा राखेको आरोप लगाइएको छ । उजुरीमा भनिएको छ, ‘आवश्यक प्रमाण बुझाउँछु भन्दासमेत बुझ्नुपर्ने पक्ष म जाहेरवालासमेतलाई नबुझी सूचना लुकाई शक्तिशाली मानिस अभियुक्त रहेकाले अनुसन्धान नगरी तामेलीमा राखेर लाचारीपन देखाइएको छ ।’

    सर्वोच्च अदालतको आदेशविरुद्ध हतारमा उत्तरपुस्तिका नष्ट गरेको प्रकरणमा एसएसपी ज्ञवालीले ‘यो सामान्य विषय हो, उजुरीकर्ता आफै थाक्छन्’ भनेर हल्का रुपमा लिएपछि अहिले सो विषय पेचिलो बनेको छ । 

    विद्यार्थी पौडेलका अनुसार ‘भदौ २१ गते एसएसपी ज्ञवालीले जाहेरी दरखास्त दर्ता गर्न मानेन् । त्यसपछि हुलाकबाट पठाउँदा पनि उनले दर्ता गरेनन् । दर्ता गर्न नमानेपछि सरकारी वकिलको कार्यालयमा गएर उजुरी गरेपछि मात्रै असोज ९ गते जाहेरी दरखास्त दर्ता गरी कारबाही गर्न आदेश थियो,’ । Screenshot_20210715-210248_Facebook.jpg

    प्रहरीले जाहेरी दर्ता नगरेपछि दर्ता गर्नु भनेर सरकारी वकिल कार्यालयले प्रहरी कार्यालयलाई लेखेको प्रमाण ।  

    सूचना अयोग र सतर्कता केन्द्रको आदेश आउनु अगाडि (नजलाउनु भन्ने) उक्त आदेशपछि पनि उनीहरुलाई जोगाउने हिसाबले असोज १२ गते जिल्ला सरकारी वकिलको कर्यालयमा प्रहरीले झुठो प्रतिवेदन बुझाएको पौडेलको आरोप छ  । 

    त्यस्तै ०७६ मंरिमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयले उत्तरपुस्तिका सिलबन्दी गरेर सुरक्षित राखिएको पत्र राष्ट्रिय सतर्कता केन्द्रलाई पठाएको थियो । ०७७ असार ३० मा सर्वोच्चले उत्तरपुस्तिका ‘नष्ट नगर्न’ अन्तरिम आदेश जारी गरेको थियो । तर, त्रिविले सो उत्तरपुस्तिका नष्ट गरिसकेको बताइएको छ ।   

    राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय सूचना आयोगको पत्र अनुसार सर्वोच्चको आदेश भन्दा अगाडि उत्तरपुस्तिका नष्ट भएको देखिँदैन । ‘०७६ असोज ७ अगावै उत्तरपुस्तिका नष्ट गरिसकेको अवस्था छ,’ प्रहरी भन्छ । तर, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयको पत्रअनुसार ०७६ मंसिर २० सम्म (बुँदा नम्बर १) उत्तरपुस्तिका नष्ट नगरी सिलबन्दी गरेर राखिएको भनिएको छ । 

    हेर्नुहोस् पत्रScreenshot_20210715-210213_Facebook.jpg

    राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय सूचना आयोगले आदेश दिनु अगावै नजलेको भन्ने प्रमाण ।

    २०७५ पुस २९ मा त्रिवि स्नातकोत्तर तथा भौतिकशास्त्रको प्रथम सेमेष्टरको पुरानो कोर्सको आशिंकतर्फको क्वान्टम मेकानिक्स विषयको परिक्षामा पुस्तकभन्दा बाहिरको प्रश्न सोधिएको भन्दै विवाद भएको थियो । आफ्नो गल्ती ढाकछोप गर्न लेख्दै नलेखेकालाई उच्च अंक दिएर उत्तर परीक्षण गरेका थिए । सोही उत्तरपुस्तिका जलाइएको हो । 

    यसबारे त्रिवि, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, शिक्षा मन्त्रालय र सुचना आयोगमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्नपत्रको अनियमिततामाथि पत्र लेखेको छ । ०७६ वैशाख १९ मा अख्तियारले गरेको पहिलो पत्राचारमा त्रिविले कुनै जवाफ दिएन । ०७६ जेठ १६ गते अख्तियारले पुनः ताकेता गरेको थियो । ‘हामीले छानविन गरिरहेका छौँ,’ त्रिविले अख्तियारलाई जवाफ लेखेर पठायो । 

    उत्तरपुस्तिका जलाउनेहरुविरुद्ध ‘प्रमाण लोप गरेको’ कसुरमा मुलुकी अपराधसंहिता–०७४ को दफा ९२ र दफा ९३ बमोजिम कारबाही गर्न माग गरिएको छ । जाहेरीमा मुलुकी फौजदारी कार्यविधि संहिता–०७४ को दफा ८, दफा ९ तथा दफा ११ बमोजिम जिम्मेवारी अधिकारीहरुमाथि छानविन हुनुपर्ने माग गरिएको हो । 

    अन्तिमपटक आयोगले असोज २ गते उत्तरपुस्तिका जलाएको विषयमा छानबिन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन भनि त्रिविको परीक्षा नियन्त्रणका कार्यालयलाई पत्राचार गरेको थियो । तर, १५ दिन बितिसक्दा समेत प्रतिवेदन बुझाएको छैन् ।

    #रातोपाटी बाट !

    images
    बिहिवार, आषाढ ३१ २०७८०९:३४:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार