Jul 27 2026 | २०८३, श्रावण ११ गते

योग्यताका आधारमा शिक्षकलाई माथिल्लो कक्षामा जिम्मेवारी, तर अतिरिक्त सुविधा नपाइने

योग्यताका आधारमा शिक्षकलाई माथिल्लो कक्षामा जिम्मेवारी, तर अतिरिक्त सुविधा नपाइने

  • 1.4K
    SHARES

  • योग्यताका आधारमा शिक्षकलाई माथिल्लो कक्षामा जिम्मेवारी, तर अतिरिक्त सुविधा नपाइने

    झापा । कमल गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई उनीहरूको शैक्षिक योग्यताका आधारमा माथिल्लो कक्षामा अध्यापन गराउने व्यवस्था लागू गर्ने निर्णय गरेको छ । तर यस्तो अतिरिक्त जिम्मेवारी वहन गरेबापत थप पारिश्रमिक वा सुविधा उपलब्ध गराउन विद्यालय बाध्य नहुने उल्लेख गरिएको छ ।

    गाउँकार्यपालिकाको मिति २०८२ चैत २५ गते बसेको बैठकले प्राथमिक तहका शिक्षकलाई निम्न माध्यमिक र माध्यमिक तह (कक्षा ९–१२) तथा निम्न माध्यमिक तहका शिक्षकलाई उनीहरूको शैक्षिक योग्यताअनुसार माध्यमिक तह (कक्षा ९–१२) सम्म अध्ययन अध्यापनमा खटाउन सकिने निर्णय गरेको हो ।

    निर्णयअनुसार विद्यालय व्यवस्थापन समितिले शिक्षकको शैक्षिक योग्यता, आवश्यकता र विद्यालयको परिस्थितिका आधारमा जिम्मेवारी तोक्न सक्नेछ । यो व्यवस्था विद्यालयको नियमित समय बिहान १० बजेदेखि साँझ ४ बजेसम्म लागू हुनेछ । कमल गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८३ देखि उक्त निर्णय कार्यान्वयन गर्न मातहतका सबै सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।

    गाउँपालिकाको यो निर्णयले विद्यालयमा विषयगत शिक्षक अभाव व्यवस्थापन तथा उपलब्ध जनशक्तिको प्रभावकारी उपयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि अतिरिक्त जिम्मेवारीका लागि थप सुविधा नदिने व्यवस्थाले शिक्षक समुदायमा बहस सिर्जना गर्न सक्ने देखिएको छ ।

    FB_IMG_1779003816522.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार