Oct 02 2026 | २०८३, आश्विन १६ गते

एसईई २०८२ मा उत्कृष्ट नतिजा : पृतिमा स्कुलकी अस्लेशा श्रेष्ठले ल्याइन् ४.०० जीपीए

एसईई २०८२ मा उत्कृष्ट नतिजा : पृतिमा स्कुलकी अस्लेशा श्रेष्ठले ल्याइन् ४.०० जीपीए

  • 485
    SHARES

  • एसईई २०८२ मा उत्कृष्ट नतिजा : पृतिमा स्कुलकी अस्लेशा श्रेष्ठले ल्याइन् ४.०० जीपीए

    काठमाडौं । पेप्सीकोला–पुरानो सिनामंगल क्षेत्रमा अवस्थित पृतिमा इङ्लिस सेकेण्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयकी छात्रा अस्लेशा श्रेष्ठले ४.०० जीपीए प्राप्त गर्दै विद्यालयको शैक्षिक उपलब्धिलाई थप उचाइमा पुर्‍याएकी छन्।

    FB_IMG_1779032767522.jpg

    विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार साक्षी झा र प्रसना कोइरालाले ३.९५ जीपीए प्राप्त गर्दै बाँकी सत् प्रतिशत विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन्। यससँगै विद्यालयले एसईई २०८२ मा सहभागी सम्पूर्ण विद्यार्थीको सफलतामा खुसी व्यक्त गर्दै बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएको छ।

    FB_IMG_1779032774077~2.jpg

    २०४८ सालमा स्थापना भएको प्रीतिमा इङ्लिस सेकेण्डरी स्कुल २०५७ सालदेखि एसएलसी परीक्षामा सहभागी हुँदै आएको छ। विद्यालयले २०६० सालमा काठमाडौं जिल्ला टप गर्न सफल भएको इतिहास बोकेको छ। विद्यालयले यसअघि पनि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी उत्पादन गरिसकेको जनाएको छ।

    विद्यालयका अनुसार एसईई २०८१ मा स्नेहा देवले ४.०० जीपीए ल्याएकी थिइन्। लगातार उत्कृष्ट नतिजाले विद्यालयको शैक्षिक गुणस्तर र प्रतिस्पर्धी वातावरणलाई पुष्टि गरेको विद्यालयको भनाइ छ।

    IMG-20260517-WA0020.jpg

    शिक्षासँगै अतिरिक्त गतिविधिमा पनि सक्रिय विद्यालयले विभिन्न प्रतिस्पर्धात्मक मञ्च, विशेषगरी फेका फोरम मा समेत पटक–पटक उत्कृष्ट स्थान हासिल गर्दै आएको बताइएको छ। यसले विद्यालयलाई पेप्सीकोला–सिनामंगल क्षेत्रको पुरानो र प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित गरेको छ।

    IMG-20260517-WA0010.jpg

    विद्यालयका प्रिन्सिपल मुरारी प्रकाश संजेल, जो प्याब्सन बागमती प्रदेशका अध्यक्ष समेत हुन्, ले उत्कृष्ट नतिजाका लागि विद्यार्थी, शिक्षक र अभिभावकको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    IMG-20260517-WA0014.jpg

     निरन्तर उत्कृष्ट नतिजासँगै प्रीतिमा इङ्लिस सेकेण्डरि स्कुलले आफ्नो शैक्षिक विरासतलाई अझ बलियो बनाउँदै लगेको छ।

    images
    आइतवार, जेठ ३ २०८३०९:५६:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार