Jul 27 2026 | २०८३, श्रावण ११ गते

आधुनिक विद्यार्थी मूल्याङ्कनबारे नेसनल प्याब्सनद्वारा एकदिने कार्यशाला, २०३ शिक्षक लाभान्वित

आधुनिक विद्यार्थी मूल्याङ्कनबारे नेसनल प्याब्सनद्वारा एकदिने कार्यशाला, २०३ शिक्षक लाभान्वित

  • 512
    SHARES

  • आधुनिक विद्यार्थी मूल्याङ्कनबारे नेसनल प्याब्सनद्वारा एकदिने कार्यशाला, २०३ शिक्षक लाभान्वित

    काठमाडौं । नेसनल प्याब्सन (NPABSAN) काठमाडौं जिल्ला समिति को आयोजनामा “विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका तथा साधनहरू” विषयक एकदिने शैक्षिक कार्यशाला सम्पन्न भएको छ। कार्यक्रम काठमाडौंको चावहिलस्थित भिएस कलेज (VS College) मा उत्साहपूर्ण रूपमा सम्पन्न भएको हो।

    IMG-20260517-WA0001.jpg

    कार्यशालामा काठमाडौं विश्वविद्यालय, School of Education का कोअर्डिनेटर राजेन्द्र दाहाल ले प्रशिक्षण प्रदान गर्दै आधुनिक शिक्षण प्रणालीमा विद्यार्थी मूल्याङ्कनको बदलिँदो अवधारणा, व्यवहारिक सिकाइ, सीपमा आधारित शिक्षण (Skill Based Learning), निरन्तर मूल्याङ्कन प्रणाली, परियोजना कार्य, प्रस्तुतीकरण, समूहगत अभ्यास, व्यवहारिक परीक्षण तथा सिर्जनात्मक मूल्याङ्कनका विविध विधिबारे विस्तृत जानकारी दिनुभएको थियो।

    कार्यक्रममा नेसनल प्याब्सनसँग आबद्ध ८२ विद्यालयका २०३ जना शिक्षक–शिक्षिका सहभागी भएका थिए। सहभागीहरूले वर्तमान शिक्षा प्रणालीमा विद्यार्थीको वास्तविक क्षमता पहिचान गर्न परम्परागत परीक्षा प्रणाली मात्र पर्याप्त नहुने उल्लेख गर्दै व्यवहारिक तथा आधुनिक मूल्याङ्कन पद्धतिहरू समयसापेक्ष र आवश्यक रहेको बताएका थिए।

    IMG-20260517-WA0004~2.jpg

    कार्यक्रमलाई सम्बोधन गर्दै नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने ले कार्यशाला शिक्षण क्षेत्रका लागि उपलब्धिमूलक तथा आवश्यक रहेको बताउनुभयो। उहाँले बदलिँदो विश्व परिवेशसँगै शिक्षण शैली र मूल्याङ्कन प्रणालीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    त्यस्तै, नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष अमृत खड्का ले संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संस्था निरन्तर प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा शिक्षकहरूको पेशागत दक्षता विकासका लागि यस्ता तालिम, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

    सहभागी शिक्षक–शिक्षिकाहरूले नेपाल सरकारले अघि सारेको Skill Based Learning अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न यस्ता प्रशिक्षण उपयोगी रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले विद्यार्थीलाई परीक्षा केन्द्रित मात्र नभई व्यवहारिक, सिर्जनशील, अनुसन्धानमुखी तथा जीवनोपयोगी शिक्षा प्रदान गर्न आधुनिक मूल्याङ्कन प्रणाली प्रभावकारी हुने धारणा राखेका थिए।

    शिक्षा क्षेत्रमा पछिल्लो समय सिकाइ उपलब्धि, व्यवहारिक दक्षता, सिर्जनात्मक सोच तथा समस्या समाधान क्षमता लाई प्राथमिकता दिइन थालेको अवस्थामा यस्ता कार्यशालाले शिक्षकहरूलाई नयाँ सोच, नयाँ विधि र आधुनिक मूल्याङ्कन उपकरणबारे अद्यावधिक गराउनुका साथै विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    आइतवार, जेठ ३ २०८३१०:३७:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार