Jul 27 2026 | २०८३, श्रावण ११ गते

जेठभित्र सबै स्थानीय तहका समिति गठन गर्ने शिक्षक महासङ्घको निर्णय

जेठभित्र सबै स्थानीय तहका समिति गठन गर्ने शिक्षक महासङ्घको निर्णय

  • 283
    SHARES

  • जेठभित्र सबै स्थानीय तहका समिति गठन गर्ने शिक्षक महासङ्घको निर्णय

    काठमाडौं । नेपाल शिक्षक महासङ्घले जेठ महिनाभित्र देशभरका स्थानीय, जिल्ला तथा प्रदेश तहका बाँकी रहेका संगठनात्मक संरचना गठन सम्पन्न गर्ने निर्णय गरेको छ। महासङ्घको राष्ट्रिय समिति अन्तर्गत २०८३ जेठ १ गते बसेको विस्तारित कार्यालयीय बैठकले संगठन विस्तार र संरचना पूर्णतालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरेको हो।

    निर्णयअनुसार गठन हुन बाँकी रहेका पालिका समितिहरू २०८३ जेठ १६ गतेभित्र, जिल्ला समितिहरू जेठ २३ गतेभित्र र प्रदेश समितिहरू जेठ ३० गतेभित्र गठन गरिसक्नुपर्नेछ। महासङ्घले यस कार्यका लागि प्रतिनिधिसमेत खटाइने जनाएको छ।

    महासङ्घले दोस्रो महाधिवेशनका क्रममा सहमति जुट्न नसकेका जिल्लाहरूमा विवाद समाधान गरी समिति पूर्णता घोषणा गर्न पनि प्रतिनिधि परिचालन गर्ने निर्णय गरेको छ। विवाद समाधानका क्रममा संस्थाको क्रियाशीलता, सदस्य संख्या, विगतका सहमति, केन्द्रमा बुझाइएको शुल्क तथा प्रतिनिधिहरूको रायजस्ता विषयलाई आधार बनाउनुपर्ने उल्लेख गरिएको छ। त्यस्तै, गठन भएका पालिका र जिल्ला समितिहरूलाई विधानअनुसार गाउँ/नगर परिषद् तथा जिल्ला परिषद् जेठ मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ।

    महासङ्घले संगठनलाई थप प्रभावकारी र सबै शिक्षक–कर्मचारीको साझा मञ्च बनाउन विधान संशोधन प्रक्रिया अघि बढाएको जनाएको छ। यसका लागि स्थानीय र जिल्ला तहमा छलफल गरी संरचना, निर्वाचन प्रणाली तथा सदस्यतासम्बन्धी सुझाव पठाउन आग्रह गरिएको छ।

    यसबाहेक, महासङ्घले शिक्षक तथा विद्यालय कर्मचारीका सेवा–सुविधा, तलब वृद्धि, अस्थायी शिक्षकका माग, घरबिदा व्यवस्था तथा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने विषयलाई आगामी बजेटमार्फत सम्बोधन गर्न सरकारसमक्ष ध्यानाकर्षण पत्र बुझाउने निर्णयसमेत गरेको जनाएको छ।

    FB_IMG_1779069675962.jpgFB_IMG_1779069677751.jpgFB_IMG_1779069679186.jpgFB_IMG_1779069681615.jpg

    images
    सोमवार, जेठ ४ २०८३०७:५५:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार