Jul 27 2026 | २०८३, श्रावण ११ गते

फ्युचर स्टारद्वारा एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्तिसहित बिदाइ तथा अभिनन्दन

फ्युचर स्टारद्वारा एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्तिसहित बिदाइ तथा अभिनन्दन

  • 831
    SHARES

  • फ्युचर स्टारद्वारा एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्तिसहित बिदाइ तथा अभिनन्दन

    काठमाडौं । फ्युचर स्टार विद्यालयले एसईई २०८२ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका विद्यार्थीहरूको सम्मानमा छात्रवृत्तिसहित बिदाइ तथा अभिनन्दन कार्यक्रम आयोजना गरेको छ । आइतबार कार्यक्रममा शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित विभिन्न स्मृति छात्रवृत्ति अवार्ड प्रदान गर्दै सम्मान गरिएको थियो ।

    IMG-20260518-WA0062.jpg

    कार्यक्रमको अध्यक्षता प्रबन्ध निर्देशक मनोज कुमार श्रेष्ठले गर्नुभएको थियो भने काठमाडौं महानगरपालिका वडा नं. १५ सदस्य तथा कार्यपालिका सदस्य मैयाँ लक्ष्मी महर्जन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा स्कुल प्रिन्सिपल प्रोशन राजभन्डारी कार्यक्रममा स्थानीय टोल सुधार समिति प्रतिनिधि, समाजसेवी तथा विद्यालय व्यवस्थापन समिति सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

    विद्यालयले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष छात्रवृत्ति प्रदान गर्दै सम्मान गरेको जनाएको छ । विद्यालय टपरहरू श्रीया दाहाल, श्रीया डोटेल र सन्जिता लामालाई स्वर्गीय बाबुलाल श्रेष्ठ मेमोरियल छात्रवृत्ति अवार्ड अन्तर्गत जनही १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

    IMG-20260518-WA0099~2.jpg

    त्यस्तै, दोस्रो उत्कृष्ट नतिजा हासिल गर्ने नायशा खड्गीलाई स्वर्गीय कृष्ण गोपाल श्रेष्ठ मेमोरियल छात्रवृत्ति अवार्ड अन्तर्गत ८ हजार रुपैयाँसहित सम्मान गरिएको विद्यालयले जनाएको छ । तेस्रो उत्कृष्ट नतिजा प्राप्त गर्ने नवीन गौतमलाई फ्युचर स्टार छात्रवृत्ति अवार्ड अन्तर्गत ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

    IMG-20260518-WA0041~2.jpg

    यसैगरी, ३.६ भन्दा माथि जीपीए हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई फ्युचर स्टार छात्रवृत्ति अवार्ड अन्तर्गत जनही २ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको थियो । विद्यालयले विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनलाई कदर गर्दै भविष्यमा अझ राम्रो नतिजाका लागि प्रेरित गर्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको जनाएको छ ।

    IMG-20260518-WA0019.jpg

    कार्यक्रममा वक्ताहरूले शैक्षिक सफलतासँगै अनुशासन, मेहनत र निरन्तर सिकाइले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सम्मानित विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेका थिए ।

    विद्यालयले यस्ता सम्मान तथा प्रोत्साहनमूलक कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास हुनुका साथै शैक्षिक उत्कृष्टताप्रति आकर्षण बढ्ने विश्वास व्यक्त गरेको छ ।

    IMG-20260518-WA0079~2.jpg

    images
    सोमवार, जेठ ४ २०८३०१:४०:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार