Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षाशास्त्र सङ्कायद्वारा चारवर्षे वि.एड.का सबै पाठ्यक्रम परिमार्जन, सेमेष्टर प्रणाली लागू हुने

शिक्षाशास्त्र सङ्कायद्वारा चारवर्षे वि.एड.का सबै पाठ्यक्रम परिमार्जन, सेमेष्टर प्रणाली लागू हुने

  • 349
    SHARES

  • शिक्षाशास्त्र सङ्कायद्वारा चारवर्षे वि.एड.का सबै पाठ्यक्रम परिमार्जन, सेमेष्टर प्रणाली लागू हुने

    काठमाडौं, जेठ ४ । शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले चारवर्षे स्नातक तह (वि.एड.) अन्तर्गतका २१६ वटा विषयको पाठ्यक्रम परिमार्जन गरी वार्षिक प्रणालीमा सञ्चालन हुँदै आएको अध्ययनलाई सेमेष्टर प्रणालीमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ।

    यस उद्देश्यका लागि शिक्षाशास्त्र सङ्काय अन्तर्गतका १६ वटा विषय समितिका ८० जना सदस्य शिक्षकहरूलाई २०८२ वैशाख ३ र ४ गते पाठ्यक्रम निर्माणसम्बन्धी विशेष तालिम प्रदान गरिएको थियो। तालिम Technical Support Cooperation to the School Education Sector (TECSES) Nepal कार्यक्रमका विज्ञहरूद्वारा सञ्चालन गरिएको हो।

    शिक्षाशास्त्र सङ्कायका डीन प्रा.डा. वेदराज आचार्यका अनुसार उक्त कार्यक्रमलाई नेपाल सरकार, युरोपियन युनियन र फिनल्याण्डको विदेश मन्त्रालयले आर्थिक सहयोग गरेका छन्। उहाँले नयाँ पाठ्यक्रम विकास र शिक्षक शिक्षा सुधारका लागि यो तालिम महत्वपूर्ण रहेको बताउनुभयो।

    तालिममा TECSES Nepal का विज्ञ डा. टुओभी लेप्पानेनले “Competence Based Teacher Education Curriculum; Concept of Competence, Pedagogical Approaches and Assessment” विषयमा प्रस्तुति दिनुभएको थियो। यस्तै उपप्राध्यापकद्वय डा. प्रेम प्रसाद पौडेल र डा. कमलराज देवकोटाले “TU Contribution on the Approved Framework for B.Ed Curriculum Development as Recommended by Need Assessment Study and Approved by FOE, TU” शीर्षकमा प्रशिक्षण दिनुभएको थियो।

    शिक्षाशास्त्र सङ्कायका सहायक डीन डा. बुद्धराज खनियाले तालिमलाई विशेष रूपमा अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पाठ्यक्रम परिमार्जन तथा सेमेष्टर प्रणाली कार्यान्वयनले शिक्षक शिक्षालाई समयसापेक्ष, दक्षतामूलक र गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    नयाँ पाठ्यक्रम लागू भएपछि वि.एड. अध्ययनलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार दक्षतामा आधारित र आधुनिक शिक्षण प्रणालीसँग जोड्ने लक्ष्य राखिएको शिक्षाशास्त्र सङ्कायले जनाएको छ।

    images
    मंगलवार, जेठ ५ २०८३०६:०९:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार