Jul 28 2026 | २०८३, श्रावण १२ गते

विश्वविद्यालयको नियमित कामकाजबारे निमित्त उपकुलपतिहरुसँग शिक्षामन्त्रीको अन्तरक्रिया

विश्वविद्यालयको नियमित कामकाजबारे निमित्त उपकुलपतिहरुसँग शिक्षामन्त्रीको अन्तरक्रिया

  • 407
    SHARES

  • विश्वविद्यालयको नियमित कामकाजबारे निमित्त उपकुलपतिहरुसँग शिक्षामन्त्रीको अन्तरक्रिया

    काठमाडौं, जेठ ५ । विभिन्न विश्वविद्यालयमा संक्रमणकालीन रूपमा उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका प्राध्यापकहरुसँग शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको नियमित कामकाज, शैक्षिक गतिविधि र आगामी योजनाबारे अन्तरक्रिया गर्नुभएको छ।

    विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री पोखरेलको उपस्थितिमा सम्पन्न संवाद कार्यक्रममा विश्वविद्यालयको दैनिक प्रशासनिक काम, परीक्षा सञ्चालन तथा अध्ययन–अध्यापन गतिविधिलाई प्रभाव पर्न नदिन आवश्यक कदमबारे छलफल भएको थियो। सहभागी निमित्त उपकुलपतिहरुले आ–आफ्ना विश्वविद्यालयको वर्तमान अवस्था तथा कामलाई निरन्तरता दिन तयार गरिएका योजनाबारे जानकारी गराएका थिए।

    कार्यक्रममा मन्त्री पोखरेलले विश्वविद्यालयका परीक्षा, प्रशासनिक कामकाज र शैक्षिक गतिविधि नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिँदै नयाँ नेतृत्व नियुक्त नहुँदासम्म दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गर्नुभएको थियो।

    यसैबीच, विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढिरहेको शिक्षा मन्त्रालयले जनाएको छ। आठ विश्वविद्यालयका लागि सिफारिस समिति गठन भइसकेको, आवेदन प्रक्रिया सम्पन्न भएको र छनोट प्रक्रिया अगाडि बढिरहेको उल्लेख गरिएको छ। अन्य विश्वविद्यालयमा पनि छिट्टै नियुक्ति प्रक्रिया सुरु हुने तयारी रहेको मन्त्रालयको भनाइ छ।

    सरकारले उपकुलपति नियुक्ति प्रक्रियालाई थप पारदर्शी, योग्यतामा आधारित र निष्पक्ष बनाउन “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” लागू गरेको छ। सोही कार्यविधिअनुसार विज्ञ समितिमार्फत उपकुलपति छनोट प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

    मन्त्रालयले विश्वविद्यालयमा नेतृत्व परिवर्तनको चरण चलिरहेका बेला नियमित शैक्षिक तथा प्रशासनिक कामकाज प्रभावित हुन नदिन विशेष ध्यान दिइएको जनाएको छ।

    images
    मंगलवार, जेठ ५ २०८३०६:१६:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार